close

यस्ता छन् खतरनाक स्मार्टफोन, जसले छोड्छन् हानिकारक रेडिएसन

टेकपाना टेकपाना

चैत २७, २०७८ २०:११

यस्ता छन् खतरनाक स्मार्टफोन, जसले छोड्छन् हानिकारक रेडिएसन

काठमाडौं । यसो भन्दा गलत हुनेछैन कि फोनले हानिकारक रेडिएसन उत्सर्जन गर्दछन् । तर मोटोरोला, वनप्लस र गुगल पिक्सेलका केही पुराना फोन यो मामिलामा सबैभन्दा अगाडि देखिएका छन् ।

ब्याङ्कलेस टाइम्समा आएको एउटा नयाँ रिपोर्टका अनुसार मोटोरोला एज, वनप्लस सिक्स टी, सोनी पिक्सेल, पुराना गुगल पिक्सेल मोडेल समेत स्मार्टफोन सबैभन्दा अधिक रेडिएसन छोड्ने गर्दछन् । मोटोरोला एज सबैभन्दा खराब रेडिएसन उत्सर्जन गर्ने फोनको सूचीमा पहिलो नम्बरमा छ ।

त्यसपछि जेडटीईको एक्सन इलेभेन फाइभजी र वनप्लस सिक्स टी रहेको छ । ब्याङ्कलेस टाइम्सका अनुसार मोटोरोला एजको सार अर्थात स्पेसिफिक एब्जर्प्सन रेसियो १.७९ वाट प्रति केजी रहेको छ, जुन सबैभन्दा खराब रेकर्ड हो ।

दोस्रो नम्बरमा रहेको जेडटीई एक्सन इलेभेन फाइभजीको सार भ्यालु १.५९ वाट प्रति केजी रहेको छ भने वनप्लस सिक्स टीमा यस्तो भ्यालु १.५५ वाट प्रति केजी देखिएको छ । यसैगरी सोनी एक्सपेरिया, एक्सपेरिया एक्सए टु प्लस र एक्सपेरिया एक्सजेड वान कम्प्याक्ट मोडल समेत अत्यधिक रेडियसन उत्सर्जन गर्ने स्मार्टफोनको टप टेनमा छन् ।

त्यस्तै यो सूचीको टप टेनमा गुगलका तीन मोडल छन्, जसमा गुगल पिक्सेल थ्री एक्सएल, पिक्सेल फोर ए र पिक्सेल थ्री रहेका छन् । फोनलाई उसको स्पेसिफिक एब्जर्प्सन रेसियो (एसएआर) को आधारमा वरियतामा राखिन्छ ।

जसको अर्थ फोनले कति छिटो रेडियो फ्रिक्वेन्सी ऊर्जा सोस्ने कार्य गर्दछ भन्ने हो । रेडियसन क्यान्सको प्रमुख कारणमध्ये एक हुन सक्छ । यद्यपि, एफसीसी (फेडेरल कम्युनिकेसन कमिसन) को भनाईमा सेलफोनबाट उत्सर्जित रेडियो फ्रिक्वेन्सी ऊर्जाका कारण हुने स्वास्थ्य समस्याको कुनै वास्तविक वैज्ञानिक प्रमाण हात लागेको छैन ।

कतिपय देशहरूले एसएआरको निश्चित स्तर निर्धारण गरेका छन् । जुन हरेक स्मार्टफोनले पूरा गरेको हुनुपर्छ । उदाहरणको लागि अमेरिकाको फेडरल कम्युनिकेसन कमिसनले अधिकतम एसएआरको स्तर १.६ वाट प्रति केजी निर्धारण गरेको छ ।

यसरी हेर्दा मोटोरोला एजको एसएआर स्तर अमेरिकामा निर्धारण गरिएभन्दा बढी छ । खासगरी टप टेनको सूचीमा उल्लेखित सबै फोन केही वर्ष अघि सार्वजनिक गरिएका उत्कृष्ट स्मार्टफोन मध्येमा पर्छन् ।  जसमध्ये अधिकांश प्रिमियम समूहमा पर्दछन् । यद्यपि हाल उल्लेखित स्मार्टफोन प्रयोग गर्नेहरूको सङ्ख्या निकै थोरै छ ।

के स्मार्टफोनबाट निस्किने रेडियसन खतरनाक हुन्छ ?

प्रत्येक स्मार्टफोनले भलै भिन्न स्तरमा भए पनि प्रयोग गर्दाको समयमा न्युनतम स्तरमा नन-आयोनाइजिङ रेडियसन उत्सर्जन गर्दछ । रेडियसनलाई रेडियो फ्रिक्वेन्सी ऊर्जाको रुपमा समेत चिनिन्छ ।

मानव शरीर मोबाइल फोनबाट निस्किने रेडियो फ्रिक्वेन्सी ऊर्जालाई अवशोषित अर्थात् सोस्ने काम गर्दछ । यद्यपि नेपाल दूरसञ्चार प्राधिकरणले समेत रेडियसनको निश्चित स्तर निर्धारण गरिएको र मापदण्ड पूरा गर्ने स्मार्टफोन मात्रै नेपाल भित्रिने व्यवस्था मिलाइएको बताउँदै आएको छ ।

अमेरिकाको नेसनल क्यान्सर इन्स्टिच्युटले भनेको छ, ‘वर्तमानमा नन-आयनिइजिङ’ रेडियसनले मानवमा क्यान्सरको खतरा बढाउँछ भन्ने कुराको कुनै सुसङ्गत प्रमाण छैन । मानिसमा रेडियो फ्रिक्वेन्सी रेडियसनको एकमात्र नियमित मान्यता प्राप्त जैविक प्रभाव तात्नु हो ।’

यसको अर्थ के हो भने केवल देख्न सकिने प्रभाव भनेको शरीरको उक्त भागको ताप हो, जहाँ स्मार्टफोन राख्ने गरिन्छ । रेडियो फ्रिक्वेन्सी विकिरणबाट मानव शरीरमा कुनै अन्य खतरनाक प्रभाव अहिलेसम्म प्रमाणित तवरमा फेला परेको छैन । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४