close

एलन मस्कको सम्पत्ति बेजोसको भन्दा १०० अर्ब डलरले धेरै

टेकपाना टेकपाना

चैत २८, २०७८ १०:३७

एलन मस्कको सम्पत्ति बेजोसको भन्दा १०० अर्ब डलरले धेरै

काठमाडौं । विद्युतीय गाडी निर्माता टेस्ला तथा स्टारलिङ्कका संस्थापक एलम मस्क संसारकै धनाढ्य व्यक्ति हुन् । २०२२ मा प्रमुख धनीको सूचीमा पर्नेहरू भन्दा एलन मस्कको सम्पत्ति धेरैले अन्तर छ ।

हालै प्रकाशन भएको फोर्ब्सको सूचीमा मस्कले आफ्नो कूल सम्पत्तिको ५० प्रतिशत बढाएर २८२ बिलियन डलर पुर्‍याएको उल्लेख छ । यो संसारका धनीहरूको सूचीमा पर्ने अमेजनका संस्थापक जेफ बेजसको भन्दा १०० बिलियन डलरले बढी छ ।

हाल जेफ बेजसको सम्पत्ति १८३.६ बिलियन डलर रहेको फोर्ब्सले उल्लेख गरेको छ । कोभिड-१९ को महामारीबाट सबैभन्दा बढी लाभान्वित रहेका टेस्ला तथा स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत एलन मस्कको कूल सम्पत्ति सन् २०२० भन्दा अघि २६.६ बिलियन डलर रहेको थियो ।

सन् २०२० पछि उनको सम्पत्ति बढेर ११० बिलियन डलर पुग्यो । जो सबैभन्दा छोटो समयमा धेरै सम्पत्ति आर्जन गर्नेहरू माझ इतिहास नै बन्यो । त्यस्तै सन् २०२१ मा उनको सम्पत्ति ९० बिलियन डलरले बढ्यो, जसले गर्दा धनीहरूको सूचीमा जेफ बेजसलाई पछि पारेर उनी विश्वको सबैभन्दा धनी व्यक्तिका रूपमा स्थापित भए ।

अहिले एलन मस्कको कूल सम्पत्ति एलभिएमएच (विश्वमा उच्च स्तरका सामाग्री उत्पादन गर्ने कम्पनी) का कार्यकारी अधिकृत तथा विश्वका तेस्रो धनी व्यक्ती बर्नान्ड अर्नाल्टको कूल सम्पत्तिभन्दा ११५ बिलियन डलरले बढी छ ।

अहिले बर्नान्डको कूल सम्पत्ति १६७.७ बिलियन डलर रहेको छ । त्यस्तै एलन मस्कको सम्पत्ति माइक्रोसफ्टका संस्थापक बिल गेट्सको कूल सम्पत्तिभन्दा १४८ बिलियन डलरले बढी छ ।

सन् २०१२ अप्रिलमा एलन मस्कले आफ्नो कूल सम्पत्तिको धेरै भाग अत्यावश्यक समस्याहरूलाई सम्बोधन गर्न दान गर्ने प्रतिबद्धता दिँदै गिभिङ प्लेजमा हस्ताक्षर गरेका थिए ।

उनीसँग  जेफ बेजसको कूल सम्पत्तिभन्दा बढी भएको सम्पत्तिले सैद्धान्तिक रूपमा ३२ वटा राष्ट्रिय फुटबल लिग्सको टिम किन्न सकिन्छ । जसको मूल्य आजको दिनमा ११२ बिलियन डलर रहेको छ ।

त्यस्तै त्यसबाट बाँकी सम्पत्तिको ६१ बिलियन डलरले ३० वटा एनबिए टिमहरू, ५५४ बिलियन डलरले ३० प्रमुख बेसबल लिग टिमहरू, र २६.७ निलियन डलरले ३२ राष्ट्रिय हक्की लिग टिमहरू किन्न सकिन्छ ।

एलन मस्क विश्वका कैयौँ देशभन्दा पनि धनी छन् । त्यस्तै एलन मस्क कार्यकारी अधिकृत रहेको स्पेसएक्सको कूल सम्पत्ति कोलोम्विया, फिनल्यान्ड, पाकिस्तान, चिली र पर्चुगलको जिडिपीभन्दा बढी छ ।

हालै एलन मस्कले ट्वीटरको ९.२ प्रतिशत शेयर किनेपछि उनी ठूला शेयरधनी बनेका छन् । अमेरिकी सेक्युरिटिज एण्ड एक्सेन्ज कमीशनमा दायर एक मुद्दामा एलन मस्कले ७३.५ मिलियन शेयर किनेको खुलेको थियो । यसको अर्थ ट्वीटरमा टेस्लाका संस्थापक एलन मस्कको शेयर ट्वीटरका संस्थापकको भन्दा चार गुणाले बढी छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४