close

भायानेटका ग्राहकले मिदास ई-क्लासमा निःशुल्क पढ्न पाउने

टेकपाना टेकपाना

चैत २८, २०७८ ११:३४

भायानेटका ग्राहकले मिदास ई-क्लासमा निःशुल्क पढ्न पाउने

काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेटले विद्यार्थीको डिजिटल सिकाइ अनुभवलाई फरक तुल्याउन ई–लर्निङ प्लेटफर्म मिदास एजुकेसनसँग सम्झौता गरेको छ । यो सँगै भायानेटका ग्राहकले मिदास ई–क्लास १ महिनासम्म निःशुल्क चलाउन पाउनेछन् ।

मिदासले नर्सरी देखि कक्षा १० सम्मका लागि सरकारद्वारा प्रमाणित पाठ्यक्रम ‘मिदास ई-क्लास’ मार्फत उपलब्ध गराउँदै आएको छ । एप तथा वेबसाइटमार्फत प्रयोग गर्न सकिने यसमा विभिन्न ट्युटोरियल भिडियोहरू, क्विज र विभिन्न अन्तर–क्रियात्मक कार्यक्रमहरू रहेका छन् ।

यो सेवाले अनलाइन सिकाइलाई अझ सहज र रमाइलो बनाउने जनाइएको छ । मिदास ई–क्लासमा लाइभ ट्युटोरिङको विशेष सुविधा पनि रहेकाले शिक्षकहरूले आफ्ना विद्यार्थीलाई लाइभ सिकाउन र विद्यार्थीहरूसँग अन्तरक्रिया गर्न सक्ने जनाइएको छ ।

यस्तोमा भायानेटले मिदाससँग सहकार्य गर्दै आफ्ना ग्राहकलाई वैशाखसम्म ‘मिदास ई–क्लास’ निःशुल्क चलाउन दिने भएको हो । एसईई नजिकै रहेको हालको अवस्थामा परीक्षाको तयारी गरिरहेका सबै विद्यार्थीलाई यो एउटा राम्रो अवसर हुने कम्पनीको विश्वास छ ।

भायानेटका ग्राहकले आफ्नो भायानेट कस्टमर पोर्टल वा भायानेट मोबाइल एप मार्फत लगइन गरी मिदास ई–क्लास प्रयोग गर्न सक्ने जनाइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४