close

सगरमाथा टिभीको युट्युव च्यानल पनि ह्याक

टेकपाना टेकपाना

चैत २८, २०७८ १४:३०

सगरमाथा टिभीको युट्युव च्यानल पनि ह्याक

काठमाडौं । सगरमाथा टिभीको युट्युव च्यानल ह्याक भएको छ । पाँच लाख ३० हजार बढी सब्सक्राइबर भएको च्यानल आइतबार साँझदेखि नियन्त्रण बाहिर गएको थियो ।

ह्याकरले सो च्यानल कब्जामा लिई इथेरियम क्रिप्टोकरेन्सी सम्बन्धी लाइभ प्रसारण गरेका थिए ।

करिब तीन घन्टासम्म ह्याकरले लाइभ प्रसारण गरेपछि टेलिभिजनका प्राविधिक च्यानल ब्लक गर्न सफल भएका थिए । तर पुरानै अवस्थामा च्यानल फर्किएको छैन ।

‘ह्याकरको नियन्त्रणमा रहेको युट्युव च्यानल राति ११ः५२ मा ब्लक गराइएको छ,’ टेलिभिजनका प्राविधिक विभाग प्रमुख भिम बस्यालले टेकपानासँग भने, ‘च्यानल फिर्ता ल्याउन हामीले पहल गरिरहेका छौं । सम्भवतः मंगलबार बिहानसम्म च्यानल फिर्ता आउन सक्छ ।’

पछिल्लो समय नाम चलेका नेपाली युट्युव च्यानल ह्याक हुने क्रम बढेकाे छ ।

सम्बन्धित समाचार:
ह्याकरले कसरी चोर्छन् पासवर्ड ?
जानिराख्नुहोस् गुगल अकाउन्ट सुरक्षित राख्ने यी १० तरिका

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४