close

साओमी १२ र साओमी १२ एक्स नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

चैत २८, २०७८ १७:११

साओमी १२ र साओमी १२ एक्स नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं । नेपाली बजारमा साओमी १२ र साओमी १२ एक्स भित्रिएको छ । प्रयोगकर्तालाई कटिङ एज भिडिओग्राफी र इन्टरटेन्मेन्ट पावरहाउसको अनुभव दिने उद्देश्यले अत्याधुनिक एआई अल्गोरिदम, फ्ल्यागशिप प्रोसेसिङ पावरको साथ यी दुवै फोन बजारमा ल्याइएको साओमी नेपालले जानकारी दिएको छ ।

दुवै फोनमा मल्टिपल शुटिङका लागि प्रो ग्रेड ट्रिपल क्यामेरा र ५० मेगिपक्सेल मुख्य क्यामेरा दिइएको छ, जसले एटके रेकर्डिङ क्षमता प्रदान गर्दछ ।

दुवै फोनमा १२ मेगापिक्सेल अल्ट्रा वाइड एंगल क्यामेरा र ५ मेगिापक्सेल टेलिम्याक्रो क्यामेरा दिइएको छ । फोनमा अत्याधुनिक एआई अल्गोरिदम छ, जसले प्रयोगकर्तालाई हरेक पल रेकर्ड गर्न पहिलेभन्दा सजिलो बनाउँदछ ।

साओमी प्रो फोकसले अब्जेक्ट पहिचान र ट्र्याक गर्दछ र धमिलो वा फोकस बाहिरको शटहरू रोक्न मद्दत गर्ने कम्पनीको भनाइ छ ।

यी फाेनमा दुवै आँखा र अनुहार स्वतः फोकस गर्न सकिने सुविधा पनि समावेश छ । दुवै फोनमा क्वालकमको पछिल्लो स्न्यापड्रागन प्रोसेरसर छ ।

यसमा भएको ४ एनएमको प्रोसेसरले जीपीयू ग्राफिक्स रेन्डरिङ क्षमतालाई ३० प्रतिशतसम्म बढाउनुको साथै पहिलाको फोनको तुलनामा २५ प्रतिशत बढी ब्याट्रि टिकाउने कम्पनीको दाबी छ ।

यसमा स्क्रिन प्रोटेक्सनका लागि कोर्निङ गोरिल्ला ग्लास भिक्टस राखिएको छ । यी दुवै फोनमा ६.२८ इन्च फुल एचडीं डिस्प्ले दिइएको छ ।

यसमा डल्बी एट्मस® पावर्ड हर्मन कार्डोनको साउन्ड सिस्टम राखिएको छ, जसले इमर्सिभ अडियो एक्स्पिरियन्स प्रदान गर्ने कम्पनीको भनाइ छ ।

यी दुवै फोनले ६७ वाट वायर्ड टर्बो चार्जिङ सपोर्ट गर्छन् । यसमा ५० वाटको वायरलेस चार्जिङ र १० वाटको रिभर्स चार्जिङको सुविधा पनि छ ।

यी फाेन ८ जीबी+२५६ जीबी भेरियन्टमा उपलब्ध छ । साओमी १२ दुई रंग ग्रे र पर्पलमा उपलब्ध छ भने साओमी १२ एक्स तीन रंग ग्रे, पर्पल र निलोमा उपलब्ध छ ।

साओमी १२ काे मूल्य ९२,९९९ रूपैयाँ र साओमी १२एक्स काे मूल्य ७६,९९९ रूपैयाँ ताेकिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४