close

 आईएमएस लिटल स्माइल्सको नयाँ वर्ष अफर

टेकपाना टेकपाना

चैत २८, २०७८ १८:१७

 आईएमएस लिटल स्माइल्सको नयाँ वर्ष अफर

 काठमाडौं । आईएमएस लिटल स्माइल्सले नयाँ वर्षको अवसरमा आफ्ना विभिन्न ब्रान्डहरूमा अफर ल्याएको छ । आईएमएसले ‘न्यु इयर स्माइल्स’ अफर अन्तर्गत बालबालिकाको विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादन लगायत अन्य ब्रान्डहरूमा पनि छुट तथा अन्य अफरहरू दिन लागेको हो ।

यस अफर अन्तर्गत प्रयोगकर्ताहरूले बालबालिकाहरूको लागि उत्पादन गर्ने अन्तर्राष्ट्रिय ब्रान्डहरू क्रेन, डक्टर ब्राउन्स, बीबीलभ, ड्रिमबेबीको उत्पादन खरिदमा २० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी ड्रोनको अन्तर्राष्ट्रिय ब्रान्ड डीजेआई, एफआईएमआई, बोया, इनर्जाइजर तथा लिनियरफ्लक्स जस्ता ब्रान्डमा २० प्रतिशत सम्मको छुट प्राप्त गर्न सकिनेछ ।

यसका साथ साथै ग्राहकहरूले आफ्नो सामग्री स्मार्टडोकोबाट अनलाइन पनि अर्डर गर्न सक्नेछन् । अनलाइन मार्फत गरिएको अर्डरमा १५ सय रुपैयाँ भन्दा माथिको लोयल बेबी ब्रान्डहरूको सामान र ६ हजार रुपैयाँ भन्दा माथिको बेबी ब्रान्डहरूको सामान अर्डर गरेमा निःशुल्क डेलिभरी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो अफर २०७९ को बैशाख २ गते सम्म मात्र लागू हुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४