close

नीमा एकेडेमीको ई-लर्निङ प्लेटफर्म, कोडिङदेखि रोबोटिक्ससम्म सिक्न सकिने

टेकपाना टेकपाना

चैत २८, २०७८ २०:१

नीमा एकेडेमीको ई-लर्निङ प्लेटफर्म, कोडिङदेखि रोबोटिक्ससम्म सिक्न सकिने

काठमाडौं । नीमा एकेडेमीले दूरशिक्षा सँगको सहकार्यमा ल्याएको डिजिटल बन्डल कोर्ष : जुनियर मेगामाइन्ड सार्वजनिक गरेको छ ।

कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ, आर्ट्स तथा गणित विषयको बारेमा सिकाउन सबै विषयमा जानकारीहरू एउटै ठाउँमा राखेर जुनियर मेगामाइन्ड तयार गरिएको हो ।

जुनियर मेगामाइन्ड एउटा ई-लर्निङ प्लेटफर्म हो, जहाँ बालबालिकाले उल्लेखित विषयका बारेमा पढ्ने, छलफल गर्ने, आफ्नो जिज्ञासा राख्ने लगायत कोडिङ सिक्न सक्छन् ।

यो कोर्षमार्फत विद्यार्थीहरूले रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, कोडिङ लगायतका विषयका बारेमा पनि पढ्न सकिने एकेडेमिको भनाइ छ ।

यो कोर्षले विद्यार्थीहरूमा समस्या सामाधान गर्नसक्ने सीपको विकास गर्ने, सिर्जनात्मक रुपमा सोच्नसक्ने क्षमताको अभिवृद्धि गर्ने, नयाँ कुराको आविष्कार गर्ने लगायतका सीप विकास गर्न सहयोग हुने बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४