close

अनलाइनबाट यसरी दिनुहोस् कांग्रेसको घोषणा पत्रमा आफ्नो सुझाव

टेकपाना टेकपाना

चैत २९, २०७८ ८:०

अनलाइनबाट यसरी दिनुहोस् कांग्रेसको घोषणा पत्रमा आफ्नो सुझाव

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको चुनावलाई लक्षित गर्दै घोषणा पत्रमा समेटिनुपर्ने कुरा सुझावका रूपमा दिन आह्वान गरेको छ ।

यसका लागि कांग्रेसले टाेलफ्री नम्बरका साथै ह्वाट्सएप र भाइबर नम्बर सार्वजनिक गरेकाे छ । वैशाख ३० गते हुने स्थानीय तहको चुनाव तथा देशव्यापी रूपमा आवश्यक महत्वपूर्ण कुराहरू समेटेर जोकोहीले सुझाव दिन सक्नेछन् ।

सुझाव दिन चाहनेले नेपाली कांग्रेस इलेक्सन मनिफेस्टो (Nepali Congress Election Manifesto) फेसबुक पेजको मेसेन्जरमा लेखेर पठाउन सक्नेछन् ।

त्यस्तै फाेनबाट सुझाव दिने चाहनेका लागि टोलफ्री नम्बर १६६००११५८८८ काे व्यवस्था गरिएकाे छ ।

त्यस्तै ह्वाट्सएप एवं भाइबर नम्बर ९८५१३४२५५५ मा पनि सुझाव पठाउन सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४