close

म्याद गुज्रेका रिचार्ज कार्ड फिर्ता गर्न टेलिकमको आग्रह

टेकपाना टेकपाना

पुस २०, २०७६ ८:५०

म्याद गुज्रेका रिचार्ज कार्ड फिर्ता गर्न टेलिकमको आग्रह

नेपाल टेलिकमले आफ्ना ग्राहक अथवा डिलरसङ्ग रहेका म्याद गुज्रेका रिचार्ज कार्ड फिर्ता गर्न आग्रह गरेको छ । आफ्ना क्षेत्रीय कार्यालयमार्फत वितरण भएका केही रिचार्ज कार्डको म्याद सकिएको र त्यसबाट रिचार्ज पनि नहुने गुनासो आएपछी टेलिकमले यस्तो आग्रह गरेको हो ।

म्याद गुज्रीएका यस्ता रिचार्ज कार्ड नजिकैको टेलिकम कार्यालयमा बुझाउनु पर्ने टेलिकमको जनाएको छ । त्यसको सट्टामा टेलिकमले म्याद सहितको रिचार्जको व्यवस्था गर्ने जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०