close

गेम डेभलपमेन्टमा रूचि छ ? यार्साले दिँदैछ पेड इन्टर्नशिपको अवसर

टेकपाना टेकपाना

चैत २९, २०७८ १३:३८

गेम डेभलपमेन्टमा रूचि छ ? यार्साले दिँदैछ पेड इन्टर्नशिपको अवसर

काठमाडौं । पछिल्लो समय गेमिङ बजारले गति लिएकाे छ । पब्जी, फ्री फायर जस्ता अनलाइन गेमले युवा पुस्ताको गेममा लगाव बढिरहेको छ । सोही अनुरूप नेपाली बजारमा पनि गेम डेभलपमेन्टमा काम गर्ने कम्पनी देखापरेका छन् ।

यस्तोमा पोखराबाट गेमिङमा उदाएको कम्पनी यार्सा ल्याबले गेमिङ डेभलपमेन्टमा रहर हुनेहरूलाई पेड इन्टर्नशिपको अवसर दिने भएकाे छ ।

म्यारिज, कलब्रेक, लुडो, सोलिटायर, ड्राइभिङ स्कुल जस्ता दर्जनौं गेम निर्माण गरिसकेको कम्पनीले दुई महिनाअघिबाट काठमाडौंमा समेत आफ्नो कार्यालय स्थापना गरेको छ ।

काठमाडौंमा कार्यालय स्थापना गरेसँगै कम्पनीले गेम डेभलपमेन्टमा रहर हुने १० जनालाई पेड इन्टर्नशिप उपलब्ध गराउने भएको हो ।

कम्पनीका सह-संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत एनजे सुवेदीले भने, ‘नेपालमा गेम निर्माण कै पढाइ छैन । तर रहर हुनेले तीन महिना सिक्दा गर्न सक्छन् भन्ने हिसाबले सुरुमा तीन महिना इन्टर्नमा राखेर काम गर्न तयारी भएको हो ।’

पहिलो चरणमा १० जना मागिएको भएपनि विस्तारै आवश्यकता अनुसार यसको दायरालाई बढाउँदै जाने समेत उनले बताए ,

यसका लागि प्रोग्रामिङ ल्याङ्वेज ‘सी#’ को ज्ञान भने हुने आवश्यक रहेको छ । भने, इच्छुकले पार्टटाइम र फुल टाइम दुवैको लागि ईमेल तथा वेबसाइटमा गएर अप्लाइ गर्नसक्ने जनाइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४