close

‘निर्वाचन आचारसंहितामा सामाजिक सञ्जालका प्रावधान अस्पष्ट र समस्याजनक’

टेकपाना टेकपाना

चैत २९, २०७८ १६:३

‘निर्वाचन आचारसंहितामा सामाजिक सञ्जालका प्रावधान अस्पष्ट र समस्याजनक’

काठमाडौं । आसन्न स्थानीय तहका लागि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०७८ मा अस्पष्ट र समस्याजनक प्रावधान राखिएको भन्दै डिजिटल राइट्स नेपालले संशोधन गर्न माग गरेको छ ।

आचारसंहिताले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको अधिकार लगायत विभिन्न नागरिक तथा राजनीतिक अधिकार समेतमा प्रभाव पर्ने भन्दै संशोधन गरेरमात्रै लागू गर्न सो संस्थाले आग्रह गरेको छ ।

साथै आचारसंहिताले इन्टरनेट तथा सामाजिक सञ्जालमार्फत राजनीतिक विमर्शमा सहभागी हुने अधिकार अभिव्यक्ति स्वतन्त्रताको अधिकार तथा सूचनाको हक समेतलाई संकुचित पारेको समेत संस्थाकाे ठहर छ ।

‘संविधानप्रदत्त मौलिक हकमाथि अनावश्यक बन्देज लगाउने आचार संहिताले लोकतन्त्रलाई नै कमजोर बनाउँछ । तसर्थ, यस्तो समस्याजनक निर्वाचन आचार संहिता २०७८ को कार्यन्वयन तत्काल रोकी सरोकारवालाहरुसँग आवश्यक समन्वय र परामर्श गरी समस्याजनक प्रावधानहरुको संशोधन पश्चात मात्र यसको कार्यन्वनय गर्न गराउन डिजिटल राइट्स नेपाल निर्वाचन आयोगलाई अनुरोध गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

Letter-to-Election-Commision-Nepal

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४