close

राष्ट्रिय परिचयपत्रका लागि अनलाइन विवरण दर्ता स्टेसन सञ्चालन

टेकपाना टेकपाना

चैत २९, २०७८ २१:२६

राष्ट्रिय परिचयपत्रका लागि अनलाइन विवरण दर्ता स्टेसन सञ्चालन

काठमाडौं । राष्ट्रिय परिचयपत्रको वैयक्तिक तथा जैविक विवरण संकलनका लागि राष्ट्रिय सभागृहमा समेत अनलाइन विवरण दर्ता स्टेसन सञ्चालनमा आएको छ ।

काठमाडौं महानगरपालिकाभित्र बसोबास गर्ने नेपाली नागरिककको सहजता एवं सुविधाका लागि मंगलबारदेखि सभागृहमा पनि दर्ता स्टेसन सञ्चालनमा ल्याइएको हो ।

यसअघि काठमाडौंबासीका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट मात्र यो सेवा लिन पाइन्थ्यो ।

साथै विभिन्न जिल्ला नागरिकहरुका लागि काठमाडौं र ललितपुरका जिल्ला प्रशासन कार्यालयका अतिरिक्त नारायणी दरबार परिसर (साविकको राहदानी विभाग) मा सञ्चालन गरिएका दर्ता स्टेसन यथावत् रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

साथै विभागले विभिन्न जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलनको कार्य तीव्र रूपमा भइरहेको समेत जानकारी दिएको छ ।

राष्ट्रिय परिचयपत्रका लागि के के चाहिन्छ ?

– नेपाली नागरिकताको सक्कल प्रमाणपत्र

– नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेकोमा सो खुल्ने प्रमाणपत्र

– बसाइँसराइ गरेको हकमा सोको सक्कल प्रमाणपत्र

– विवाहितको हकमा नागरिकतामा पति वा पत्नीको नाम उल्लेख नभएमा विवाह दर्ता प्रमाणपत्र वा नाता खुल्ने प्रमाणको सक्कल

– राहदानी लिएकाको हकमा सक्कल राहदानी (सकल संभव भएसम्म)

याे पनि पढ्नुहाेस्: राष्ट्रिय परिचयपत्र के हाे र कसरी लाभ लिने ?

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४