close

सेगवेको स्मार्ट ईलेक्ट्रिक स्कुटर नेपाली बजारमा

टेकपाना टेकपाना

चैत २९, २०७८ २२:४१

सेगवेको स्मार्ट ईलेक्ट्रिक स्कुटर नेपाली बजारमा

काठमाडौं । अमेरिकी कम्पनी सेगवे-नाइनबटले नेपाली बजारमा आकर्षक र नयाँ शैलीको इलेक्ट्रिक स्कुटर ई-१२५ सार्वजनिक गरेको छ ।

नेपालमा सेगवेका लागि आधिकारिक बिक्रेता आईहब प्रालिले वारेन्टीसहित यसको बिक्री सुरु गरेको हाे ।

यो इलेक्ट्रिक स्कुटरमा टाढैबाट लक गर्न सकिने, ट्रयाक गर्न सकिने र स्कुटर हराउँदा अलार्म ट्रिगर गर्न सकिने जस्ता विभिन्न फिचर उपलब्ध छन् ।

प्रतिघण्टा ७५ किमिसम्म कुद्ने सेगवे ई-१२५ मा अधिकतम २४०० वाट बोस्च इलेक्ट्रिक मोटर रहेको छ । यसले २०० एनएमको अधिकतम टर्क दिने जनाइएको छ ।

७४भी र २७एएच लिथियम ब्याट्री भएको स्कुटर फुल चार्जमा ६० देखि १२० किलोमिटर कुद्ने जनाइएको छ । फुल चार्ज हुन औषत ५–६ घण्टा लाग्नेछ ।

स्कुटरमा डबल ब्याट्रीका लागि स्पेस पनि रहेको छ । यसको अर्थ स्कुटरसँगै सिंगल ब्याट्री आउने र ग्राहकले चाहेमा अर्को ब्याट्री थप्न सकिन्छ ।

आईपीएक्स५ वाटरप्रुफ सेगवे ई-१२५ पानीमा पनि सजिलै चलाउन सकिने कम्पनीले जनाएको छ ।

याे स्कुटर सेतो र ग्रे गरी दुई फरक कलर भेरियन्टमा उपलब्ध छ, जसको बजार मूल्य तीन लाख ९१ हजार रूपैयाँ तोकिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४