close

तपाईंको ल्यापटपले कतिसम्म धान्नसक्छ इन्टरनेट स्पिड ? यस्तो छ जान्नैपर्ने कुरा

टेकपाना टेकपाना

चैत ३०, २०७८ ९:५८

तपाईंको ल्यापटपले कतिसम्म धान्नसक्छ इन्टरनेट स्पिड ? यस्तो छ जान्नैपर्ने कुरा

काठमाडाैं । कम्प्युटरले तपाईंको इन्टरनेट स्पिडलाई कसरी प्रभाव पार्छ भन्ने बुझ्नुअघि कम्प्युटरले इन्टरनेट कसरी प्रयोग गर्छ भन्ने कुरा बुझ्न आवश्यक छ । कम्प्युटरहरू राउटरमा तार (इथरनेट) वा वायरलेस (वाई-फाई) जडानमार्फत इन्टरनेटमा जाेडिन्छन् ।

इन्टरनेट सेवाप्रदायकद्वारा प्रदान गरिएको ब्यान्डविथ तपाईंको कम्प्युटरमा मोडेम र राउटरको मद्दतले डेलिभर गरिन्छ । तपाईंले आफ्नो वेब ब्राउजरमा कुनै एक वेबसाइट सर्च गरेपछि राउटर र मोडेमले तपाईंको रिक्वेस्ट (अनुरोध) आईएसपीसम्म पुर्‍याउन मद्धत गर्छ ।

त्यसपछि आईएसपीले उक्त रिक्वेस्टलाई रिट्राइभ गरी कम्प्युटरमा फिर्ता पठाउँछ । तपाईंको कम्प्युटरले रेडियो फ्रिक्वेन्सी प्रयोग गरेर हावामार्फत तपाईंको वायरलेस राउटरसँग कनेक्ट गर्छ ।

यो ताररहित जडानका लागि प्रयोग गरिने वायरलेस नेटवर्किङ प्रविधिलाई वाई-फाई (Wi-FI) भनिन्छ । एकपटक तपाईंको राउटरले वाई-फाईमार्फत तपाईंको रिक्वेस्ट प्राप्त गरेपछि, यसले तपाईंको रिक्वेस्ट आईएसपीकहाँ पठाउँछ ।

अनि रिक्वेस्ट गरिएको वेब पेज आईएसपीले तपाईंको कम्प्युटरमा फिर्ता पठाउँछ ।  

वायर्ड कनेक्सनमा तपाईंको कम्प्युटर सिधै इथरनेट केबलका साथ राउटरमा जडान हुन्छ । तपाईंको इन्टरनेट रिक्वेस्ट तपाईंको कम्प्युटरबाट इथरनेट केबल हुँदै राउटरमा पठाइन्छ, जहाँ यसलाई रेजोलुसनका लागि इन्टरनेट सेवाप्रदायकमा फरवार्ड गरिन्छ ।

वायर्ड वा वायरलेस कनेक्सनमार्फत कम्प्युटरले इन्टरनेटसँग सम्पर्क गर्न नेटवर्क एडाप्टरको आवश्यकता पर्छ ।  

के हो त नेटवर्क एडाप्टर ?

नेटवर्क एडाप्टरलाई नेटवर्क इन्टरफेस कार्ड (NCIs) पनि भनिन्छ । यसले तपाईंको कम्प्युटरलाई इन्टरनेटसँग जोड्ने काम गर्छ । वर्तमान समयमा प्राय: सबै कम्प्युटरमा वायर्ड र वायरलेस दुवै कनेक्सन उपलब्ध हुन्छ । अनि दुवै कनेक्सनका लागि छुट्टाछुट्टै एडाप्टरको व्यवस्था गरिएको हुन्छ ।  

वायरलेस नेटवर्क एडाप्टर 

वायरलेस नेटवर्क एडाप्टर प्राय सबै इन्टरनेट कनेक्ट हुने डिभाइसमा हुन्छ । यसले कम्प्युटरले जेनेरेट गरेको डिजिटल सिग्नललाई एनालग सिग्नलमा परिवर्तन गर्छ ।

त्यसपछि त्यो एनालग सिग्नल हावा हुँदै राउटरसम्म पुग्छ । वाई-फाईलाई सिग्नललाई बाइपास गरेर एनालग सिग्नल राउटरसम्म पठाउन एडाप्टरमा एउटा सानो एन्टेना राखिएको हुन्छ ।    

वायर्ड नेटवर्क एडाप्टर

वायर्ड नेटवर्क एडाप्टरले कम्प्युटरले जेनेरेट गरेको डिजिटल सिग्नललाई इथरनेट केवल हुँदै राउटरसम्म पुर्‍याउँछ । यसले कुनै पनि सिग्नल वायरलेस माध्यामबाट पठाउनु नपर्ने भएकाले एन्टेनाको आवश्यकता पर्दैन । त्यसैले वायरलेस एडाप्टरमा ईन-ब्युल्ट एन्टेना हुँदैन ।  

कम्प्युटरले यी प्रकारले तपाईंको इन्टरनेट कनेक्सनलाई प्रभाव पार्न सक्छ  

  • तपाईंको नेटवर्क एडाप्टरले इन्टरनेट स्पिड सपोर्ट नगर्दा ।
  • कम्प्युटरमा नेटवर्क एडाप्टर ड्राइभर आउटडेटेड हुँदा ।
  • कम्प्युटर मेमोरीले इन्टरनेटको प्रयोग सपोर्ट गरेन भने ।  

१. तपाईंको नेटवर्क एडाप्टरले इन्टरनेट स्पिड सपोर्ट नगर्दा 

यदि नेटवर्क एडाप्टरले तपाईंको इन्टरनेट प्लान सपोर्ट गरेन भने स्पिडमा असर पर्न जान्छ । यो समस्या प्राय पुरानो कम्प्युटरमा देखिन्छ । अहिले टेक्नोलोजीका कारण नेटवर्क एडाप्टर निकै एडभान्स भएको छ ।

वर्तमान समयमा सबै इन्टरनेट प्लानलाई सपोर्ट गर्ने ढंगले एडाप्टर डिजाइन गरिएको हुन्छ । पुरानो कम्प्युटरमा पुरानै नेटवर्क एडाप्टर राखिएको हुन्छ, जुन वर्तमान इन्टरनेट स्पिडसँग कम्प्याटिबल (मिल्दो) नहुन सक्छ ।  

यसरी हेर्नुहोस् तपाईंको नेटवर्क एडाप्टर 

स्लो इन्टरनेटका कारण नेटवर्क एडाप्टर हो कि होइन, सजिलै यसरी चेक गर्न सक्नुहुन्छ । टास्क बारमा रहेको सर्च बक्समा डिभाइस म्यानेजर सर्च गर्नुहोस्।  

नेटवर्क एडाप्टरमा डबल क्लिक गरी एक्स्पाण्ड गर्नुहोस् । त्यसमा तपाईंले आफ्नो वायरलेस एडाप्टर सजिलै भेट्न सक्नुहुन्छ ।  

माथि देखाइए अनुसार यस ल्याप्टपमा क्वाल्कम QCA9377 वायरलेस एडाप्टर रहेको छ ।  

पछाडि देखाइएको “802.11ac” भागले तपाईंको एडप्टरले सपोर्ट गर्ने वायरलेस स्टाण्डर्डलाई जनाउँछ ।  

वायरलेस स्टाण्डर्ड 

नेटवर्क एडाप्टरले कुन इन्टरनेट स्पिड सपोर्ट गर्छ भन्ने कुरा वायरलेस स्टाण्डर्डले बताउँछ । 

तल केही वायरलेस स्टाण्डर्डले सपोर्ट गर्ने इन्टरनेट स्पिड दिइएको छ ।  

मेरो ल्यापटपको वायरलेस स्ट्याण्डर्ड 802.11ac रहेको छ । माथि देखाइएको वायरलेस स्टाण्डर्ड गाइडअनुसार मेरो एडाप्टरले १३०० एमबीपीएससम्मको स्पिड सपोर्ट गर्छ ।

डिभाइस म्यानेजरमा वायरलेस स्टाण्डर्ड नभेटिएमा ल्यापटप मेनुफेक्चरर वेब पेजमा गएर हेर्न सकिन्छ ।  

वायर्ड नेटवर्क एडाप्टर

धेरै वायर्ड नेटवर्क एडाप्टर कम्प्युटरको मदरबोर्डमै निर्मित हुन्छ जसले गर्दा कुन वायर्ड नेटवर्क एडाप्टर छ भनि पहिचान गर्न गारो हुन सक्छ। वायर्ड नेटवर्क एडाप्टर थाहा नभए पनि   वायर्ड नेटवर्क एडाप्टरको स्पिड थाहा पाउन सकिन्छ।  

अहिले धेरैजसो ल्यापटपले 100 Mbps वा 1000 Mbps  सपोर्ट गर्छन् । धेरै पुरानो कम्प्युटर छ भने 10 Mbps मात्र सपोर्ट गर्न सक्छ । 

वायरलेस एडाप्टरले इन्टरनेट प्याकेज सपोर्ट नगरेको अवस्थामा एक्सटर्नल वाई-फाई एडाप्टर किनेर प्रयोग गर्न वा कम्प्युटरमै भएको एडाप्टर फेर्न पनि सकिन्छ । 

त्यस्तै यदि वायर्ड नेटवर्क एडाप्टरले तपाईंको इन्टरनेट प्याकेज सपोर्ट गरेन भने यूएसबी (USB) टु इथरनेट एडाप्टर किनेर प्रयोग गर्न सक्नुहुन्छ ।  

कम्प्युटर मेमोरीले इन्टरनेटको प्रयोग सपोर्ट गरेन भने

प्रोसेसरले सपोर्ट नगरेर पनि इन्टरनेट स्लो हुने समस्या आउँछ । विशेषगरी तपाईंको कम्प्युटरको र्‍यामले यसमा ठूलो भूमिका खेल्छ।  इन्टरनेट ब्राउजरले ठूलो मात्रामा कम्प्युटर रिसोर्स प्रयोग गर्दछ ।

४ जीबी र्‍याम भएको ल्यापटपमा एकैपटक धेरै ट्याब रन गर्दा लोड हुन निकै समय लगाउँछ । जसले गर्दा इन्टरनेट स्लो भएजस्तो लाग्छ, तर वास्तावमा थोरै र्‍याम र कम्प्युटरमा धेरै लोड भएर हो ।

इन्टरनेट सेवाप्रदायक बाहेक हाम्रो डिभाइसका यी विभिन्न ‘फ्याक्टर’ (पक्ष) ले पनि इन्टरनेट स्पिडलाई प्रभाव पार्न सक्छ ।

नेपालमा अहिले ‘इन्टरनेट स्पीड वार’ चलिरहेको छ । यस्तो बेला तपाईंले कम्प्युटर किन्दा निकै विचार पुर्‍याउनुपर्ने हुन्छ । इन्टरनेट स्लो हुनुको एक कारण तपाईंको कम्प्युटर पनि हुनसक्छ ।

वायरलेस इन्टरनेटका लागि सबै ल्यापटपले राम्रै एडाप्टर स्पिड दिने भए पनि वायर्ड (इथरनेट) स्पीड भने कम हुन सक्छ । तपाईंलाई इन्टरनेट सेवाप्रदायक कम्पनीले ३०० एमबीपीएस स्पीड दिएपनि तपाईंको कम्प्युटरमा इथरनेट केवलले १०० एमबीपीएसभन्दा माथि सपोर्ट नगर्न सक्छ ।

बजारमा रहेका आधुनिक कम्प्युटरका वायरलेस एडाप्टर प्राय सबैले १००० एमबीपीएस १ जीपीएस इथरनेट स्पीड सपोर्ट गर्छन् । तर पनि कतिपय वायर्ड एडाप्टरले १०० एमबीपीएसभन्दा धेरै स्पिड नदिन सक्छ ।

त्यसैले तपाईंले नयाँ कम्प्युटर किन्दा कम्पनीकै वेव साइटमा गएर सबै विवरण बुझेर मात्र किन्दा उपयुक्त हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४