close

शक्तिशाली ब्याट्रीसहित इन्फिनिक्सको सस्तो स्मार्टफोन नेपाली बजारमा

टेकपाना टेकपाना

चैत ३०, २०७८ १०:३२

शक्तिशाली ब्याट्रीसहित इन्फिनिक्सको सस्तो स्मार्टफोन नेपाली बजारमा

काठमाडौं । नेपाली बजारमा इन्फिनिक्स ब्राण्डकाे नयाँ स्मार्टफोन भित्रिएकाे छ । इन्फिनिक्स ब्राण्डको नेपालस्थित आधिकारीक आयातकर्ता तथा वितरक सारथी इन्टरप्राइजेजले स्मार्ट ६ मोडल सार्वजनिक गरेकाे हाे ।

यो स्मार्टफोनमा ६.६ इन्चको एचडी प्लस आईपीएस डिस्प्ले छ, जसमा ५०० निट्सको ब्राइटनेस रहेको छ ।

विशेषगरी लामो समयसम्म अनलाइन कक्षा वा गेम खेल्न चाहनेहरुका लागि ध्यानमा राखेर यस फोनमा ५,००० एमएएचको शक्तिशाली ब्याट्री प्याक दिइएको छ ।

फाेनमा ८ मेगापिक्सेलको डुअल रियर क्यामरा सेटअपका साथमा फिङ्गरप्रिन्ट तथा फेस अनलकको सुविधा छ । त्यसैगरी सेल्फीका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । यसमा भिडियो कलका लागि फ्रन्ट फ्ल्याशलाइट समेत छ ।

एन्ड्रोइड ११ मा आधारित एक्सओएस ७.६मा सञ्चालन हुने फोनमा मिडियाटेक अक्टाकोर १.६ गीगाहर्ज एमटीके हेलियो ए२२ चिपसेट राखिएको छ ।

यसबाहेक कनेक्टिभिटीको लागि फोनमा फोरजी, वाईफाई, जीपीएस, ब्लुटुथ ५.० भर्सन, यूएसबी र ३.५ एमएमको हेडफोन ज्याक राखिएको छ ।

नेपाली बजारमा याे फाेन २ जीबी र्‍याम र ३२ जीबी स्टोरेज अप्सनका साथमा उपलब्ध हुनेछ भने यसको बजार मूल्य १२,४९० रूपैयाँ तोकिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४