close

टोयोटाको पहिलो विद्युतीय कारको मूल्य ५१ लाख रुपैयाँ माथि

टेकपाना टेकपाना

चैत ३०, २०७८ ११:३३

टोयोटाको पहिलो विद्युतीय कारको मूल्य ५१ लाख रुपैयाँ माथि

काठमाडौं । टोयोटाले आफ्नो पहिलो विद्युतीय कार अघिल्लो वर्ष नै सार्वजनिक गरेको हो । कार सार्वजनिक गरेको भएपनि हालसम्म पनि बजारमा उपलब्ध भएको छैन । साथै कम्पनीले नयाँ कारको मूल्य कति पर्छ भन्ने विषयमा कुनै जानकारी समेत दिएको थिएन ।

यस्तोमा अब भने कम्पनीले आफ्नो पहिलो विद्युतीय कारको मूल्य सार्वजनिक गरेको छ । कम्पनीका अनुसार कम्पनीको पहिलो पूर्ण विद्युतीय कारको मूल्य ४२ हजार अमेरिकी डलर अर्थात ५१ लाख ३० हजारको हाराहारीमा पर्ने जनाइएको छ । बीजेडफोरएक्स मोडलको एसयूभी कार अबको केही समय पश्चात डिलरहरूमा उपलब्ध हुने उल्लेख छ ।

एक चार्जमा २५२ माइलसम्म गुड्ने दावी गरिएको यो कारमा १२‍‍.३ इन्चको टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम रहेको छ । वायरलेस कारप्ले र एन्ड्रोइड अटोमा आधारित कारमा प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार वाईफाई कनेक्सनको सब्स्क्रिप्सन समेत लिन सक्नेछन् ।

कारमै टाइपी ए र टाइप सी युएसबी चार्जरका साथै वायरलेस चार्जर समेत उपलब्ध हुने जनाइएको छ । भने, कम्पनीले तीन वर्षको लागि टोयाटाको रिमोट कन्ट्रोल उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चरणमा परीक्षणका लागि तीन वर्षसम्म रिमोट कन्ट्रोल उपलब्ध गराउने भएको हो ।

जसमार्फत प्रयोगकर्ताले कारको टेम्पेचर, हर्न बजाउन, सिसा खोल्ने लगाउने जस्ता सम्पूर्ण काम गर्न सक्ने जनाइएको छ । चार्जीङको कुरा गर्दा कारमा ६.६के वार्टको एडप्टर रहेको छ । जसमार्फत शून्यबाट फुल चार्ज हुनका लागि ९ घण्टा लाग्ने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४