close

के तपाईँले कहिल्यै मोबाइलमा भएको भर्चुअल र्‍याम प्रयोग गर्नु भएको छ ?

टेकपाना टेकपाना

चैत ३०, २०७८ १८:१

के तपाईँले कहिल्यै मोबाइलमा भएको भर्चुअल र्‍याम प्रयोग गर्नु भएको छ ?

काठमाडौं । पछिल्लो समय सार्वजनिक हुने धेरैजसो स्मार्टफोनमा भर्चुअल अथवा एक्स्टेन्डेड र्‍याम फिचर  उपलब्ध हुने क्रम बढेको छ । यसको अर्थ हो, मोबाइलमा उपलब्ध र्‍याम नपुगेको खण्डमा प्रयोगकर्ताले भर्चुअल र्‍याम थप गरेर मोबाइलको पर्फर्मेन्स तथा क्षमता बढाउन सक्छन् ।

यो फिचरलाई र्‍याम प्लस, मेमोरी एक्स्टेन्सन अथवा र्‍याम बुस्ट पनि भन्ने गरिन्छ । झट्ट सुन्दा भर्चुअल र्‍याम निकै उपयोगी देखिन्छ ।

यदि तपाईँको फोनमा सुरुमा उपलब्ध भौतिक र्‍याम तपाईँको लागि पर्याप्त छैन भने तपाईँले भर्चुअल र्‍यामको फाइदा उठाउन सक्नुहुन्छ । हाल सामसङ, साओमी, भिभो, ओप्पो, वनप्लस र मोटोरोलाले आफ्ना स्मार्टफोनहरूमा भर्चुअल र्‍याम उपलब्ध गराइरहेका छन् ।

यद्यपि पर्फर्मेन्सको हिसाबले मोबाइलमा पहिले नै उपलब्ध र्‍यामले भर्चुअल र्‍याम भन्दा छिटो काम गर्छ । धेरै र्‍याम भएको डिभाइसको पर्फर्मेन्स र भर्चुअल र्‍याम प्रयोग गरिएको डिभाइसको पर्फर्मेन्समा धेरै अन्तर हुन्छ । त्यसैले भर्चुअल र्‍याम प्रयोग गर्नु भन्दा धेरै र्‍याम भएको डिभाइसले राम्रो पर्फर्मेन्स दिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४