close

सामसङ ग्यालेक्सी एस २२ अल्ट्रा फाइभजी बन्यो सर्वोत्कृष्ट क्यामेरा भएको स्मार्टफोन 

टेकपाना टेकपाना

बैशाख १, २०७९ १४:५१

सामसङ ग्यालेक्सी एस २२ अल्ट्रा फाइभजी बन्यो सर्वोत्कृष्ट क्यामेरा भएको स्मार्टफोन 

काठमाडौं । सामसङले क्यामेरा पर्फर्मेन्सको मामिलामा नयाँ रेकर्ड कायम गरेको छ । कम्पनीको पछिल्लो फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस २२ अल्ट्रा फाइभजी सबैभन्दा उत्कृष्ट क्यामेरा भएको स्मार्टफोन बनेको हो ।

भ्यालू क्यामेरा एक्सपिरियन्स (भीसीएक्स) फोरमले सामसङ ग्यालेक्सी एस २२ अल्ट्रा फाइभजीलाई इपिक क्यामेरा फोनको अवार्ड दिएको छ । ग्यालेक्सी एस २२ अल्ट्रा फाइभजीले सबै क्यामेरा विभागबाट सबैभन्दा धेरै स्कोर प्राप्त गरेको हाे ।

फोनको मेन क्यामेरा, भिडिओ रेकर्डिङ, सेल्फी क्यामेरा समेत समग्र क्यामेरा पर्फर्मेन्सका लागि यो स्मार्टफोन सम्मानित भएको छ । भीसीएक्स एउटा स्वतन्त्र संस्था हो । जसले क्यामेरा पर्फर्मेन्सको विषयमा सर्भेको काम गर्दछ । ता कि यसबाट ग्राहकका लागि एउटा राम्रो क्यामेरा फोन पहिचान गर्न सकियोस् ।

सामसङ ग्यालेक्सी एस २२ अल्ट्रामा ६.८ इन्चको एज क्यूएचडी प्लस डाइनामिक एमोलेड टुएक्स डिस्प्ले रहेको छ । १२० हर्ज स्क्रिन रिफ्रेश रेट भएको यो फोनको टच स्याम्पलिङ रेट २४० हर्ज रहेको छ ।

फोनमा स्न्यापड्रागन एट जेन वान एसओसी प्रोसेसर राखिएको छ । एन्ड्रोइड १२ मा आधारित वन यूआई ४.१ मा चल्ने सामसङ ग्यालेक्सी एस २२ अल्ट्राको पछाडि भागमा चार ओटा क्यामेराको सेटअप छ ।

षसमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रा-वाइड एङ्गल लेन्स, १० मेगापिक्सेलको ३x अप्टिकल जुम र १० मेगापिक्सेलकै टेलिफोटो लेन्स राखिएको छ । यसैगरी सेल्फीका लागि मोबाइलमा ४० मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ ।

ईन-डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर रहेको यो फोनमा एस-पेनको समेत सपोर्ट रहेको छ । त्यसैगरी पावर ब्याकअपका लागि ५००० एमएएच क्षमताको ब्याट्री सहित फोनमा ४५ वाटको तारयुक्त र १५ वाटको तार रहित फास्ट चार्जिङ सपोर्ट समेत पाउन सकिन्छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४