close

टिकटकमा पनि अब डिसलाइक बटन

टेकपाना टेकपाना

बैशाख १, २०७९ १७:४०

टिकटकमा पनि अब डिसलाइक बटन

काठमाडौं । टिकटकले प्रयोगकर्तालाई कमेन्टमाथि थप नियन्त्रण प्रदान गर्नसक्ने गरी ‘डिसलाइक’ बटन ल्याउने भएको छ । हाल परीक्षणकाे क्रममा रहेको यो फिचरअनुसार कुनै पनि असान्दर्भिक तथा अस्वाभाविक कमेन्टहरूमा डिसलाइक गर्न सकिनेछ ।

यस किसिमको प्रयासबाट टिकटकमा ‘जेन्युन इङ्गेजमेन्ट’ तयार पार्ने उद्देश राखिएको छ । प्रयोगकर्ताहरू बीचमा दुर्भावना सिर्जना गर्ने तथा क्रियटरहरूको मनोबल गिर्ने अवस्था आउन नदिन डिसलाइक गर्ने व्यक्तिले मात्र आफूले गरेको डिसलाइक देख्न सक्नेछन् ।

यसका साथै टिकटकले कमेन्ट फिल्टरिङ र एकसाथ थुप्रैलाई डिलिट गर्न सक्ने विकल्पको बारेमा गाइइड गर्न क्रियटरलाई रिमाइन्डर समेत पठाइरहेको हुन्छ ।

टिकटकको सुरक्षाप्रतिको अग्रसरताको अङ्गको रुपमा धेरै सङ्ख्यामा नकारात्मक कमेन्ट प्राप्त गर्ने क्रियटरका लागि यसरी  रिमाइन्डर पठाउने गरिन्छ ।

कम्पनीले परीक्षणको नतिजा सार्वजनिक गर्ने र त्यसै आधारमा डिसलाइक बटन सबै प्रयोगकर्ताका लागि खुला गर्ने वा नगर्ने भन्ने विषय तय हुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४