close

विद्युतीय गाडीमा नयाँ रेकर्ड, मर्सिडिजले ल्यायो सिङ्गल चार्जमा १००० किलोमिटर गुड्ने कार

टेकपाना टेकपाना

बैशाख २, २०७९ १९:९

विद्युतीय गाडीमा नयाँ रेकर्ड, मर्सिडिजले ल्यायो सिङ्गल चार्जमा १००० किलोमिटर गुड्ने कार

काठमाडौं । मर्सिडिज बेन्जले एक पटकको फुल चार्जमा १००० किलोमिटर सम्म गुड्नसक्ने विद्युतीय गाडी ल्याएको छ । एलन मस्कको टेस्लाको रेकर्डलाई चुनौती दिँदै मर्सिडिज बेन्जले आफ्नो नयाँ विद्युतीय गाडी ‘भिजन ईक्युएक्सएक्स’ को परीक्षण गरेको हो ।

परीक्षणका क्रममा सो गाडीले जर्मनीदेखि स्विटजरल्यान्ड हुँदै फ्रान्ससम्मको यात्रा गरेको थियो । यो यात्राको दूरी ६२० किलोमिटरको हुन्छ । परीक्षणको क्रममा गाडीले नौ लिटर पेट्रोल बराबरको विद्युत प्रयोग गरेको कम्पनीको दाबी छ ।

सन् २०१७ मा इटालीको ‘टेस्ला ओनर्स क्लब’ का पाँच जना सदस्यले टेस्लाको ‘मोडेल एस’ कारमा २५ माइल प्रति घण्टाको गतिमा ६७० किलोमिटरको दूरी पार गरेको थियो ।

साथै उनीहरूले लो रोलिङ रेसिस्टेन्स टायर प्रयोग गरेका थिए । जबकि मर्सिडिजले पहाडी क्षेत्रमा ८५ माइल प्रतिघण्टाको गतिमा ६२० किलोमिटरको यात्रा गरेको थियो । निर्धारित ठाउँमा पुग्दा उक्त गाडीमा १५ प्रतिशत चार्ज अझै बाँकी रहेको बताइएको छ ।

मर्सिडिजले भन्दा अगाडि चिनियाँ कार निर्माता जीएसी समूहको विद्युतीय गाडी एक्जिअन एल एक्स प्लस सार्वजनिक भएको थियो । यो कारमा एक पटकको फुल चार्जमा ६२६ किलोमिटर गुड्नसक्ने क्षमता छ ।

त्यस्तै अमेरिकी स्टार्टअप लुसिडको ५०० किलोमिटर गुड्नसक्ने कारको परीक्षण गरेको थियो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२