close

रोबटबाटै मस्तिष्क पक्षघातको शल्यक्रिया

टेकपाना टेकपाना

बैशाख ३, २०७९ ७:४१

रोबटबाटै मस्तिष्क पक्षघातको शल्यक्रिया

काठमाडौं । अमेरिकास्थित मासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का इन्जिनियरहरूले न्युरोसर्जनहरूका लागि टेलिरोबोटिक सिस्टम तयार गरेका छन् ।

एमआईटीका इन्जिनियरहरूले एक रोबोटिक हात तयार पारेका छन्, जसले चिकित्सकहरूलाई स्ट्रोक अर्थात पक्षघातका बिरामीहरूको उपचार आफ्नो अनुपस्थितिमा रोबोटहरूको सहायतामा गर्न मद्दत गर्छ ।

चिकित्सकहरूले आफू बसेकै ठाउँबाट जोइस्टिक प्रयोग गरेर टाढाबाट पनि उक्त रोबोटिक हातहरू नियन्त्रण गरेर बिरामीको शल्यक्रिया गर्न सक्छन् । ती रोबोटिक हातहरूको नाडीमा चुम्बक जडान गरिएको छ ।

चिकित्सकहरूले मस्तिष्कमा शल्यक्रिया गर्नको लागि लाइभ इमेजिङ प्रणाली मार्फत जोइस्टिक प्रयोग गरेर उक्त हातहरूलाई नियन्त्रण गरी वास्तविक रुपमा गरेजस्तै गरी शल्यक्रिया गर्न सक्ने छन् ।

यसको अर्थ हो अब शल्यक्रिया गर्नको लागि चिकित्सक शारिरीक रुपमा नै बिरामीसँग हुनुपर्दैन ।

यो प्रविधिले गर्दा चिकित्सक उपलब्ध नभएको खण्डमा पनि चिकित्सकहरूले आफू जहाँ हो, त्यहिबाट शल्यक्रिया गर्नसक्ने र बिरामीले समयमा नै उपचार पाउन सक्ने एमआईटीका इन्जिनियहरूको विश्वास छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२