close

सामसङले जित्यो एकैपटक ७१ अन्तर्राष्ट्रिय अवार्ड

टेकपाना टेकपाना

बैशाख ३, २०७९ १५:३९

सामसङले जित्यो एकैपटक ७१ अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले अन्तर्राष्ट्रिय डिजाइन अवार्डमा एकैपटक तीनवटा गोल्ड मेडलसहित ७१ वटा अवार्ड जितेको छ । जर्मन अन्तर्राष्ट्रिय डिजाइन कम्पिटिसन २०२२ मा सामसङले टेलिभिजन, स्मार्टफोन र अन्य घरेलु उपकरण लगायतका विषयमा यी अवार्ड हात पारेको हो ।

प्रतियोगिताको अन्तर्राष्ट्रिय फोरम (आईएफ) मा सामसङले विभिन्न नौ विधामा ती अवार्ड हात पारेको हो । त्यसमध्ये पोर्टेबल स्क्रिन द फ्री स्टाइल, मोबाइल फोन ग्यालेक्सी जेड फ्ल्पि ३ र वायरलेस भ्याकुम किलनर बेस्पोक स्लिमका लागि गोल्ड अवार्ड प्राप्त गरेको हो ।

प्रतियोगितामा सामसङका ५५ देशका ११ हजार सबमिसन मध्येबाट ती अवार्ड हात परेको हो ।

डिजाइन अवार्डका नौ विधामा उत्पादन, प्याकेजिङ, सञ्चार, व्यवसायिक अवधारणा, आन्तरिक वास्तुकला, वास्तुकला, सेवा अनुभव डिजाइन, प्रयोगकर्ताहरुमा भिन्नता र प्रभावको ब्यापक मूल्याङकन थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२