close

सोसल मिडियामा जुकरबर्गको अत्याधिक नियन्त्रण : एलन मस्क

टेकपाना टेकपाना

बैशाख ३, २०७९ १७:४५

सोसल मिडियामा जुकरबर्गको अत्याधिक नियन्त्रण : एलन मस्क

काठमाडौं । टेस्लाका सीईओ एलन मस्कले मेटाका सीईओ मार्क जुकरबर्गलाई सामाजिक सञ्जालमा धेरै शक्ति भएको व्यक्ति भन्दै व्यङ्ग्य गरेका छन् । जबकि उनी आफैं ट्वीटर खरिद गर्ने दाउमा छन् ।

भ्यानकुभरमा भएको ट्रेड सम्मेलनमा बोल्दै मस्कले फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र अन्य सामाजिक सञ्जाल साइटहरूको मूल कम्पनी मेटाको स्वामित्वमा रहेको भन्दै सार्वजनिक बहसमा जुकरबर्गको हातमा सामाजिक सञ्जालको धेरै नियन्त्रण रहेको बताएका हुन् ।

मार्क जुकरबर्गसँग भएको फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको स्वामित्व हेर्दा भविष्यमा उनका नाति पनातिहरूले पनि यसको स्वामित्व पाउने भन्दै मस्कले जुकरबर्गलाई व्यङ्ग्य गरेका छन् ।

तर ट्वीटरमा यस्तो प्रकारको स्वामित्व नभएको उनकाे भनाइ छ । आफ्नो सम्भावित स्वामित्वको बारेमा मस्कले आफू अधिकतम संख्यामा शेयरधारक राख्न चाहेकाे खुलाए ।

उनीसँग हाल ट्वीटरको ९.१ प्रतिशत स्वामित्व छ । साथै उनले ट्वीटरको अल्गोरिदम ओपन सोर्स र पारदर्शी राख्न चाहेको भन्दै ट्वीटरले ‘स्वतन्त्र अभिव्यक्तिको लागि समावेशी क्षेत्र’ का रूपमा काम गर्नसक्ने बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२