close

यसरी बनाइन्छ फेक फेसबुक च्याट

टेकपाना टेकपाना

बैशाख ४, २०७९ १९:११

यसरी बनाइन्छ फेक फेसबुक च्याट

काठमाडाैं । फेसबुक अहिले सर्वाधिक प्रयोग भइरहेको सामाजिक सञ्जाल हो । फेसबुक चलाउँदै गर्दा तपाईंले पक्कै पनि फेक फेसबुक च्याटको ट्रोल देख्नुभएकाे होला ।

यस्ता फेक फेसबुक च्याट कसरी बन्छ भन्नेबारे कहिल्यै सोच्नुभएको छ ? आज तपाईं हामीले दैनिक देख्दै आएको फेक फेसबुक च्याट कसरी बनाइन्छ भन्नेबारे चर्चा गर्दैछाैं ।

केही एप वा वेबसाइट प्रयोग गरेर फेक फेसबुक च्याट सिर्जना गर्न सकिन्छ । तपाईंले यसरी फेक च्याट बनाएर नजिकका साथीभाइ तथा परिवारलाई प्र्यांक गर्न तथा हसाउन सक्नुहुन्छ । यसलाई तपाईंले मनोरञ्जनका लागि मात्रै प्रयोग गर्न सक्नुहुन्छ ।

यसका लागि विभिन्न माेबाइल एप र वेबसाइट उपलब्ध छन्, जुन तपाईंले चाहे अनुसार प्रयोग गर्न सक्नुहुन्छ ।

एन्ड्राेइड प्रयाेगकर्ता हुनुहुन्छ भने यस लिङ्कमा गएर ‘फेक च्याट’ एप डाउनलोड गर्नुहाेस् । वा, सोझै प्ले स्टोरमा ‘फेक च्याट’ सर्च गरी एप डाउनलोड गर्न सक्नुहुन्छ ।

यो एपमा तपाईंले फेसबुक लगईन गर्नु नपर्ने हुँदा कुनै पनि डेटा चाेरीकाे समस्या हुँदैन । अर्थात् तपाईंको फेसबुक डेटा याे एपमा स्टोर हुँदैन ।

डाउनलाेड गरिसकेपछि त्यसमा आफूले झुक्याउन चाहेको व्यक्तिको प्रोफाइल पिक्चर डाउनलोड गर्नपर्ने हुन्छ । फेक च्याट कुराकानी गर्न यी विधि अपनाउन सक्नुहुन्छ ।

-सबैभन्दा पहिले फेक च्याट एपमा जानुहोस् ।

-एप खुलिसकेपछि तलपट्टि तीनवटा आइकन देखिन्छ । पहिलो आइकन हामीलाई केही आवश्यक हुँदैन । अन्तिममा भएको आइकनको पनि केही काम छैन । हामीले विश्वस्त लाग्ने फेक च्याट बनाउनका लागि बीचको आइकन उपलब्ध हुन्छ ।

-त्यसमा ट्याप गरी सकेपछि त्यहाँ तीनवटा अप्सन देखिन्छ ।

-त्यसपछि पहिलो अप्सन क्रियट च्याटमा ट्याप गर्नुहाेस् ।

-त्यहाँ मानिसको जस्तो आइकनमा ट्याप गरेर प्रोफाइल पिक्चर छान्न सक्नुहुन्छ ।

-त्यसको तल इन्टर च्याट नेम (Enter Chat Name) भन्ने अप्सन देखिन्छ । त्यसमा ट्याप गरेर आफूले चाहेको व्यक्तिको नाम राख्न सक्नुहुन्छ ।

-नाम राखिसक्नु भयो भने सेभ भन्ने अप्सनमा ट्याप गर्नुहाेस् । तपाईंले फेक च्याट बनाउन चाहेको प्रोफाइल तयार हुन्छ । त्यसमा तपाईंले ट्याप गर्नुपर्ने हुन्छ ।

-प्रोफाइलमा ट्याप गरी सकेपछि मेसेन्जरको जस्तो इन्टरफेस देखिन्छ । त्यसमा तपाईंले पहिले नै लिभ्स इन यूके (Lives in Uk) लेखेको देख्न सक्नुहुन्छ । आफ्नो आवश्यकता अनुसार नाम परिवर्तन गर्न त्यही ट्याप गरेर परिवर्तन गर्न सक्नुहुन्छ ।

-च्याट सुरु गर्न त्यहाँ भएको टेक्स्ट बक्समा ट्याप गर्नुहाेस् । त्यसपछि मेसेज लेखेर पठाउन लाग्दा सेन्ट र रिसिभको अप्सन देखिन्छ । यदि मेसेज आएको बनाउन छ भने रिसिभमा ट्याप गर्नुहोला । आफूले पठाउनु परेको खण्डमा सेन्डमा ट्याप गर्नुपर्ने हुन्छ ।

वेबसाइटबाट कसरी गर्ने ?

वेबसाइटमा पनि केही विकल्प छन् । हामीले सिमिटेटर वेबसाइट प्रयाेग गरेका छाैं । यो साइटमा पनि तपाईंले फेसबुक लगईन गर्नु नपर्ने हुँदा कुनै पनि डेटा सुरक्षाकाे समस्या हुँदैन ।

अर्थात् तपाईंको फेसबुक डेटा याे वेबसाइटमा स्टोर हुँदैन । वेबसाइटमा गएपछि तपाईंले यस्तो यूआई देख्न सक्नुहुन्छ ।  

त्यसपछि बायाँतिर रहेको फेसबुक च्याट जेनेरेटर (Facebook chat generator) मा जानुहोस् । 

त्यसपछि तपाईंले person 1 र  person 2 मा च्याट सिर्जना गर्न चाहेको व्यक्तिको प्रोफाइल एड गर्न सक्नुहुन्छ । त्यस्तै व्यक्तिको नाम, च्याट गरेको समय, मिति सबै सेट गर्न सक्नुहुन्छ । 

यति गरिसकेपछि टाइप मेसेज लेखेको ठाउँमा मन लागेको मेसेज लेख्न सक्नुहुन्छ।  

GeekPrank, Zeoob जस्ता वेबसाइटमार्फत पनि तपाईंले फेक च्याट बनाउन सक्नुहुन्छ । यसरी फेक च्याट बनाएर प्र्यांक गरी रमाइलो गर्न सक्नुहुन्छ ।

तर यसको दुरुपयोग गरेको खण्डमा भने आवश्यक परे साइबर अपराध पनि लाग्नसक्छ । त्यसैले सामान्य प्र्यांक, ठट्टा वा रमाइलका रुपमा मात्र यसकाे प्रयोग गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२