close

साओमीका यी फोनले पाउँदैछन् एन्ड्रोइड १३ अपडेट

टेकपाना टेकपाना

बैशाख ५, २०७९ १३:७

साओमीका यी फोनले पाउँदैछन् एन्ड्रोइड १३ अपडेट

काठमाडौं । गुगलले एन्ड्रोइड फोनका लागि अपरेटिङ सिस्टमको नयाँ अपडेट एन्ड्रोइड १३ ल्याउने तयारी गरेकाे छ । कम्पनीले आउँदै गरेको एन्ड्रोइड १३ का फिचरहरूबारे केही झलक दिएको छ ।

गुगलको आधिकारिक जानकारी र लिकहरूबाट आएको अनुमान हेर्ने हो भने एन्ड्रोइड १३, एन्ड्रोइड १२ को प्राइभेसी फिचरमा निर्माण हुने, युजर इन्टरफेसलाई बढवा दिने किसिमको हुनेछ ।

यसैबीच चिनियाँ ब्राण्ड साओमीका कुन कुन स्मार्टफोनले एन्ड्रोइड १३ पाउनेछन् भन्ने विषयमा हालै एक लिक बाहिरिएको छ । यसअन्तर्गत साओमी, रेड्मी र पोको ब्रान्डको स्मार्टफोनको सूची बाहिरिएको छ ।

साओमी डिभाइसबारे निरन्तर जानकारी प्रदान गर्दै आएको साओमीयूआई वेबसाइटले हालै यसबारे जानकारी दिएको छ । यद्यपि साओमी कम्पनीले भने यसबारे केही खुलाएकाे छैन ।

यस्ता छन् एन्ड्रोइड १३ अपडेट पाउने फाेन 

  • साओमी मी १० ओएस 
  • साओमी मी ११/ मी ११ प्रो / मी ११ अल्ट्रा / मी ११ आई/ मी ११ एक्स/ मी११ एक्स प्रो/ मी ११ लाइट फोरजी/ फाइभजी/ मी ११ एलई/ मी ११ लाईट एनई फाईभजी 
  • साओमी ११ आई/ ११ आई हाईपरचेन्ज 
  • साओमी ११ टी/ ११ टी प्रो 
  • साओमी १२/१२ प्रो/१२ एक्स/ १२ एक्स प्रो/ १२ एस/ १२ एस प्रो / १२ लाइट 
  • साओमी मिक्स ४
  • साओमी मिक्स फोल्ड/फोल्ड २ 
  • साओमी सीभी/सीभी एस 
  • साओमी प्याड ५/ प्याड ५ प्रो 
  • रेड्मी १०/ १० प्राइम/ १० २०२२/ १० प्राइम २०२२/ १० फाइभजी/ १० प्राइम फाइभजी/ १० सी
  • रेड्मी नोट ११/नोट ११ एनएफसी/ नोट ११ एस/ नोट ११ प्रो फोरजी/ नोट ११ प्रो फाइभजी/ नोट ११ प्रो फाइभजी/ नोट ११ प्रो/ नोट ११ प्रो प्लस/ नोट ११ ई प्रो 
  • रेड्मी नोट टी/ नोट ११ फाइभजी/फोरजी 
  • रेड्मी के४०/के ४० प्रो/ के ४० प्रो प्लस/ के ४० गेमिङ इडिसन/ के ४० एस 
  • रेड्मी के ५०/ के ५० प्रो/ के५० गेमिङ इडिसन 
  • पोको एफ थ्री/ एफ थ्री जीटी 
  • पोको एफफोर/एफफोर प्रो/एफफोर जीटी 
  • पोको एमथ्री प्रो फाईभजी 
  • पोको एम४ प्रो फाईभजी/ एम ४ प्रो फोरजी/ एम४ फाईभजी 

एन्ड्रोइड १३ अपडेट नआउने स्मार्टफोनहरू 

  • रेडमी के३० प्रो/ के३० जुम इडिसन/ के३० एस अल्ट्रा 
  • पोको एफ२ प्रो 
  • साओमी मी १०/ मी १० प्रो/ मी १० अल्ट्रा/ मी १० टी/ मी १०टी प्रो 
  • रेड्मी १० ए 
  • रेड्मी ९/९ प्राइम/९ टी/ ९ पावर 
  • रेड्मी नोट ९/ नोट ९ एस/ नोट ९ प्रो/ नोट ९ प्रो म्याक्स/ नोट ९ फोरजी/ नोट ९ फाइभजी/ नोट ९टी फाइभजी/ नोट ९ प्रो फाइभजी 
  • रेड्मी के ३० फोरजी/ के३० फाइभजी/ के३० अल्ट्रा/ के ३० आई फाइभजी, के३० रेसिङ 
  • पोको एक्स ३/ एक्स३ एनएफसी 
  • पोको एक्स २ 
  • पोको एम२/ पोको एम २ प्रो 
  • साओमी मी १० लाईट/ मी १० युथ इडिसन/ मी १० आई/ मी १० टी लाइट
  • साओमी मी नोट १० लाइट 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२