close

अब टेस्ला गाडीको चार्जर छुट्टै किन्नुपर्ने

टेकपाना टेकपाना

बैशाख ५, २०७९ १३:५७

अब टेस्ला गाडीको चार्जर छुट्टै किन्नुपर्ने

काठमाडौं । टेस्लाको विद्युतीय गाडीको खरिदमा अब चार्जर उपलब्ध नहुने भएको छ । एप्पलले सुरु गरेको यो ट्रेन्डलाई टेस्लाले पनि पछ्याएको छ ।

एप्पलले आईफोन खरिदमा सँगै चार्जर दिन छोडेपछि सामसङले पनि केही समय अगाडिबाट आफ्नो फ्ल्यागसिप फोनमा चार्जर दिन छोडेको थियो ।

यही कुरालाई पछ्याउँदै टेस्लाले पनि अब गाडीको खरिदमा चार्जर नदिने भएको छ । यसको अर्थ हो, अब टेस्ला खरिद गर्दा यसको चार्जर ग्राहक आफैंले छुट्टै खरिद गर्नुपर्ने हुन्छ ।

टेस्लाको लेभल वान चार्जरकाे मूल्य २७५ डलर (करिब ३४ हजार रुपैयाँ) छ भने लेभल २ को चार्जरको मूल्य ४०० डलर (करिब ५० हजार रुपैयाँ) छ ।

अहिले विश्वबजारमा ग्राहकलाई टेस्लाको चार्जर खरिद गर्नुभन्दा पनि ठूलो कुरा चार्जर भेट्टाउनु भएको छ । किनभने यी चार्जरको खरिदले गर्दा बजारमा यसको अभाव सुरु भएको छ ।

प्रयोगकर्ताहरूले पुरानो चार्जर प्रयोग नगरेर बिक्रीमा भएको नयाँ चार्जर खरिद गरेका कारण बजारमा यसको अभाव भएको टेस्लाको भनाइ छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२