close

६९९ रूपैयाँमा डिशहोमको ५० एमबीपीएस इन्टरनेट, टिभी सेवा निःशुल्क

टेकपाना टेकपाना

बैशाख ६, २०७९ १२:३७

६९९ रूपैयाँमा डिशहोमको ५० एमबीपीएस इन्टरनेट, टिभी सेवा निःशुल्क

काठमाडौं । डीटीएच एवं इन्टरनेट सेवा प्रदायक डिशहोमले नयाँ इन्टरनेट प्लस डीटीएच कम्बाे अफर ल्याएको छ । यसअन्तर्गत ग्राहकले मासिक ६९९ रुपैयाँ (भ्याट बाहेक) मा ५० एमबीपीएसको इन्टरनेट र डीटीएच (टिभी सेवा) पाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सुरुमा ग्राहकले जडानसहित ३५ सय ५० रुपैयाँ तिर्नुपर्ने हुन्छ । यो लिमिडेट इन्टरनेट प्याकेज हो, जसमा हरेक महिनाको सुरुवातमा ग्राहकले १२०० जीबी इन्टरनेट ५० एमबीपीएस गतिमा चलाउन सक्नेछन् ।

ग्राहकले १२०० जीबी इन्टरनेट उपभोग गरे त्यसपछि २०० जीबी इन्टरनेट २५ एमबीपीएस गतिमा चलाउन पाउनेछन् । त्यसपछि कम्पनीले २०० जीबी इन्टरनेट १५ एमबीपीएस गतिमा उपलब्ध गराउनेछ ।

यो प्याकेज पनि उपभोग गरे ग्राहकले १० एमबीपीएस गतिको अनलिमिटेड इन्टरनेट पाउने कम्पनीले जनाएको छ ।

ग्राहकले याे कम्बाे अफर एक महिना, तीन महिना, छ महिना वा १२ महिनाका लागि सब्सक्रिप्सन गर्न सक्नेछन् ।

ग्राहकले तीन महिनाको प्याकेज लिए दुई हजार ९७ रूपैयाँ बुझाउनुपर्ने हुन्छ । त्यस्तै छ महिनाको शुल्क चार हजार १९४ र १२ महिनाको शुल्क आठ हजार ३८८ रुपैयाँ निर्धारण गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२