close

फेसबुकमा अनावश्यक ‘गेम रिक्वेस्ट’ आएर दिक्क हुनुहुन्छ ? यसरी गर्नुहोस् ब्लक

टेकपाना टेकपाना

बैशाख ६, २०७९ १३:३८

फेसबुकमा अनावश्यक ‘गेम रिक्वेस्ट’ आएर दिक्क हुनुहुन्छ ? यसरी गर्नुहोस् ब्लक

काठमाडाैं । फेसबुकमा च्याट, फोटो, स्टाटस शेयरिङमात्र नभई साथी-साथी मिलेर अनलाइन गेम पनि खेल्ने गरिन्छ । फेसबुक गेम्समार्फत तपाईंले लुडो, चेस लगायतका गेम पक्कै पनि खेल्नुभएकाे छ हाेला ।

एन्ड्राेइड, आईओएसका लागि गेम निकालेजस्तै फेसबुकले पनि आफ्ना प्रयोगकर्ताका लागि गेम निकाल्ने गरेकाे छ ।

यस्ता गेम साथीलाई इन्भाइट वा रिक्वेस्ट गर्नमिल्ने हुन्छ । तपाईंलाई पनि फेसबुक नाेटिफिकेसन वा म्यासेन्जर इनबक्समा यस्ता इन्भाइट्स पक्कै आउँछ हाेला ।

गेम खेल्न आउने इन्भाइट्स वा रिक्वेस्टबाठ हैरान हुनुहुन्छ भने यसलाई कसरी बन्द/ ब्लक  गर्ने भन्नेबारे आज जानकारी दिँदैछाैं ।

-यसका लागि पहिले आफ्नो फेसबुक अकाउन्ट लगईन गर्नुहोस् । 

-त्यसपछि फेसबुक गेम्स सेन्टरमा जानुहोस् ।

-त्यहाँ activity अप्सन सेक्सनमा क्लिक गर्नुहोस् । 

-यसपछि तपाईंले सबै इन्भाइट्स र रिक्वेस्ट देख्न सक्नुहुन्छ ।

-त्यहाँ Ignore all अप्सन हुन्छ । त्यसमा क्लिक गरेर तपाईंले यस्ता गेम इन्भाइट्सबाट छुटकारा पाउन सक्नुहुन्छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२