close

राजेन्द्र महतोको फेसबुक पेज ह्याक !

टेकपाना टेकपाना

बैशाख ६, २०७९ १४:३५

राजेन्द्र महतोको फेसबुक पेज ह्याक !

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको फेसबुक पेज ह्याक भएको छ । ह्याकरले उनको पेज ह्याक गरी सो पेजबाट उनी संलग्न रहेको पार्टीबाट राजीनामा दिएको जानकारी पाेस्ट गरेका थिए ।

राजेन्द्र महतो नाम भएको आधिकारिक फेसबुक पेजबाट पोस्ट भएको सामग्रीको स्क्रिनशट पोस्ट गर्दै उनले अकाउन्ट ह्याक भएको जानकारी दिएका छन् ।

पहिले पोस्ट भएको स्टाटसको स्क्रिनशट राख्दै महतोले सो पोस्टकाे स्टाटसमा कुनै सत्यता नभएको जानकारी दिएका छन् ।

उनले पेज अनाधिकारिक रूपले ह्याक गरेर पोस्ट गर्ने व्यक्तिलाई तुरुन्त कानूनी प्रक्रियाको दायरामा ल्याउन पहल गरेका छन् ।

हाल उनको पेज रिकभर भइसकेको छ । उनको पेजमार्फत राजीनामा दिएको जानकारी पोस्ट भएको केही समयमा नै हटेको थियो ।

केही दिनदेखि नेपालका चर्चित तथा भेरिफाइड युट्युव च्यानल, फेसबुक पेज र ट्वीटर अकाउन्ट ह्याकका घटना बढेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२