close

लजिटेकले ल्यायो सस्तो भर्टिकल माउस, परम्परागत माउसभन्दा कति छ भिन्न ?

टेकपाना टेकपाना

बैशाख ६, २०७९ २०:४५

लजिटेकले ल्यायो सस्तो भर्टिकल माउस, परम्परागत माउसभन्दा कति छ भिन्न ?

काठमाडौं । लजिटेकले विभिन्न कलर तथा दायाँ र बायाँ हाते विकल्प सहितको ‘भर्टिकल माउस’ सार्वजनिक गरेको छ । ६९.९९ अमेरिकी डलर अर्थात् करिब साढे आठ हजार रुपैयाँ  मूल्य रहेको यो माउसलाई लिफ्ट नाम दिइएको छ ।

यस्तै फिचर भएको लजिटेककै एमएक्स भर्टिकल माउसको मूल्य भने ९९.९९ अमेरिकी डलर अर्थात १२ हजार रुपैयाँ माथि रहेको छ । त्यसको तुलनामा कम्पनीले सस्तो मूल्यमा लिफ्ट माउस ल्याएको हो ।

ठाडो आकारको डिजाइन भएको लिफ्ट माउसमा हात ५७ डिग्री कोणमा बस्छ । यसले गर्दा कार्यकुशलतामा अझ राम्रो सुधार आउँछ ।

परम्परागत माउसको तुलनामा लिफ्ट माउस प्रयोग गर्दा यसले हात मिलाउँदा जस्तै कोण बनाउने भएकाले नाडीको दबाबलाई कम गर्नेछ । तर यो माउसमा यूएसबी-सी चार्जिङको साटो सिङ्गल एए ब्याट्री हुनु भनेको कमजोर पक्ष हो ।

माउसमा दुई ओटा मुख्य बटन रहेका छन्, स्क्रोल ह्विल शान्त र अझ नरम महसुस गराउँछ । अर्को डीपीआई स्विचिङ बटन रहेको छ । साथै दुई ओटा औँला राख्ने बटन छन् ।

लिफ्ट माउसमा तीन ओटा डिभाइस कनेक्ट गराउन सकिन्छ र एउटा डिभाइसबाट अर्को डिभाइसमा जानका लागि यो बटनलाई ब्लुटुथ पेयरिङ बटन जस्तै दुई पटक थिच्नुपर्ने हुन्छ । यो माउसले ‘लजिटेक फ्लो’लाई समेत सपोर्ट गर्दछ, जुन कम्पनीको मौलिक सफ्टवेयर फिचर हो, जसले एउटै माउसलाई थुप्रै कम्प्युटरमा (चाहे फरक फरक अपरेटिङ सिस्टम भए पनि) एकपछि अर्को गर्दै प्रयोगको अनुमति दिन्छ ।

तर त्यसका लागि तपाईँको कम्प्युटरमा ‘लगि अप्सन प्लस’ एप राख्नुपर्ने हुन्छ । यति गरिसकेपछि माउसको क्रसर एउटा कम्प्युटरबाट अर्कोमा लैजान सकिन्छ । यति मात्र होइन, यो एपले दुई कम्प्युटरबीच सहजै फाइल कपी र पेस्ट गर्न समेत सघाउँछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२