close

खस्कियो नेपालको मोबाइल इन्टरनेट, विश्वकै नम्बर वान कुन होला ?

टेकपाना टेकपाना

बैशाख ६, २०७९ २१:४९

खस्कियो नेपालको मोबाइल इन्टरनेट, विश्वकै नम्बर वान कुन होला ?

काठमाडौं । मार्च महिनामा नेपालको मोबाइल इन्टरनेट खस्किएको छ । ओकलाको मोबाइल तथा फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेटको स्पिडटेस्ट ग्लोबल इन्डेक्समा नेपाल एक स्थान तल झरेको हो ।

यससँगै मोबाइल इन्टरनेट स्पिडमा १४२ देशको सूचीमा १०९ नम्बरमा पुगेको छ । ओकलाको स्पिड टेस्ट ग्लोबल इन्डेक्स अनुसार नेपालमा मोबाइल इन्टरनेटको औसत डाउनलोड स्पिड १६.४५ एमबीपीएस, अपलोड स्पिड १०.३५ एमबीपीएस र लेटेन्सी २३ मिली सेकेन्ड रहेको छ ।

तर फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेटमा भने नेपाल यस अघिकै स्थानमा कायम छ । इन्डेक्स अनुसार विश्वका १८२ देश मध्ये ८२ औँ नम्बरमा रहेको नेपालमा फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेटको औसत डाउनलोड स्पिड ४१.२९ एमबीपीएस, अपलोड स्पिड ३८.६७ एमबीपीएस र लेटेन्सी ५ मिली सकेन्ड रहेको छ ।

इन्डेक्स अनुसार मोबाइल इन्टरनेटमा यूएई, नर्वे, कतार, दक्षिण कोरिया र नेदरल्यान्ड शीर्ष पाँचमा छन् । जसमा पहिलो नम्बरमा रहेको यूएईमा औसत डाउनलोड स्पिड १३५.३५ एमबीपीएस, अपलोड स्पिड २२.६१ एमबीपीएस र लेटेन्सी १९ मिली सेकेन्ड रहेको छ ।

त्यस्तै फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट स्पिडमा सिङ्गापुर, चिली, थाइल्यान्ड, डेनमार्क र हङ्गकङसँग सुरुवाती पाँचको सूचीमा परेका छन् । जसमा पहिलो स्थानमा रहेको सिङ्गापुरमा फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेटको औसत डाउनलोड स्पिड १९७.९७ एमबीपीएस, अपलोड स्पिड १६६.३१ एमबीपीएस र लेटेन्सी ४ मिली सेकेन्ड रहेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२