close

रेडियसन जोखिमको हिसाबले बिजुली गाडी चढ्नु कत्ति हुन्छ खतरा ?

टेकपाना टेकपाना

बैशाख ७, २०७९ १७:३१

रेडियसन जोखिमको हिसाबले बिजुली गाडी चढ्नु कत्ति हुन्छ खतरा ?

काठमाडौं । जहाँ बिजुली हुन्छ, त्यहाँ विद्युत र चुम्बकीय क्षेत्र रेडियसन अर्थात विकिरण उत्पन्न हुन्छ । उपकरण जति शक्तिशाली हुन्छ, त्यति नै बलियो हुन्छ ।

विद्युतीय कारमा अनेकौँ विद्युतीय उपकरण हुने गर्दछन् । सबैभन्दा शक्तिशाली भाग ती केबल हुन्, जसले ब्याट्रीलाई कारको मोटरसँग जोड्ने काम गर्दछन् ।

यिनले मुख्यतः निम्न वा मध्यम आवृत्ति भएको चुम्बकीय क्षेत्र बनाउँछन् । वैज्ञानिक सारा ड्रिसन पछिल्लो १८ वर्षदेखि रिसर्च सेन्टरमा बायो इलेक्ट्रो म्याग्नेटिक इन्टरएक्सनमा काम गर्दै आएकी छन् । उनले चुम्बकीय क्षेत्रबाट मानव शरीरमा पर्ने सम्भावित असरमा शोध गरिरहेकी छन् ।

‘निम्न तथा मध्यम आवृत्तिले मांसपेशी वा तन्त्रिका जस्ता भागलाई उत्तेजित गर्न सक्छन् । अथवा त्यसबाट फस्फिन हुन सक्छ । यसको अर्थ आँखामा झिलिकमिलिक गरेजस्तो प्रभाव देखिन सक्छ । एकदमै बलियो क्षेत्रमा भने मुटुको मांसपेशीमा अनियमित संकुचन अथवा फैलावट जस्ता प्रभाव देखिन सक्छन्,’ उनी भन्छिन् ।

चुम्बकीय तरङ्ग मानव शरीरमा घुस्ने गर्दछन् र विशेष प्रकारको एडिकरण पैदा गराउँछन् । जसले तन्त्रिका र मांसपेशी कोषिकाहरूलाई प्रभावित तुल्याउन सक्छन् । जुन विद्युतीय आवेग प्रति संवेदनशील हुने गर्दछन् ।

यसलाई रोक्नका लागि हामीसँग केही प्रभाव सीमा छन्, ताकि यसबाट धेरै असर नपरोस् । प्रभाव सीमाको पुष्टि ल्याब अर्थात प्रयोगशालामा गरिन्छ । मापन एकदमै सटिक हुनुपर्छ । टेस्टिङ स्टेसन पूर्ण तवरमा सिल गरिएको हुन्छ ।

जहाँ प्रकाश सोस्ने विशेष प्रकारका उपकरण लगाइएको हुन्छ । ताकी अवाञ्छित परावर्तन रोक्न सकियोस् । यो मापनबाट कार निर्मातालाई रेडियसन घटाउन सहयोग पुग्छ ।

जसबाट चुम्बकीय क्षेत्रको असर यति कम हुने गर्दछ कि त्यसबाट तन्त्रिका र मांसपेसी कोशिकामा कुनै असर पर्दैन । पेसमेकर जस्ता प्रत्यारोपण गरिएका उपकरणको सन्दर्भमा भने फरक पर्न सक्छ ।

यस्ता उपकरणले इलेक्ट्रो म्याग्नेटिक एडिकरण फिल्डको विषयमा निकै संवेदनशील हुने गर्दछन् । त्यसैले म्युनिखका जर्मन हर्ट सेन्टरका डक्टर कास्चन लेनक्सले आफ्ना १०८ बिरामीहरूलाई एउटा शोधका लागि एउटा इलेक्ट्रिक कार चलाउन लगाएका थिए ।

उनीहरूमाथि निगरानी राखिएको थियो । उनीहरूलाई च्यासिस डाइनामो मिटर चलाउन लगाइएको थियो । जसलाई अनुकुल परिस्थिति अनुरूप ढालिएको थियो ।

‘जहाँसम्म कार्डियाक रिदम इम्लान्ट (मुटुको चाल कायम राख्न शरीरमा प्रत्यारोपण गर्ने उपकरण) को कुरा छ, न त विद्युतीय कार चलाउँदाको समय, न त त्यसलाई चार्ज गर्दाको समयमा यी उपकरणमा कुनै किसिमको खराबी देखिएन । यो निकै उत्साहजनक विषय हो । यसको अर्थ हो कि हाम्रा बिरामीहरूलाई यो विषयलाई लिएर चिन्ता गर्नुपर्ने कुनै आवश्यकता छैन,’ उनी भन्छन् ।

अनुसन्धानकर्ताको टिमले गाडीलाई चलाउँदाको समयमा मात्र नभएर केबलको माध्यमबाट सोझै चार्ज गर्दाको समयमा समेत मजबुत इलेक्ट्रो म्याग्नेटिक क्षेत्रको असर मापन गरेको थियो ।

‘गाडीको चार्जिङको समय महत्त्वपूर्ण हुन्छ । बजारमा चार्जिङका लागि जुन नयाँ सिस्टम आइरहेका छन्, तिनको क्षमता निकै धेरै छ । यस्तोमा तिनलाई पुनः जाँच गर्न आवश्यक छ । तर, अहिलेलाई म आफ्ना बिरामीहरूलाई यति भन्छु कि इलेक्ट्रिक कार चलाउनु सुरक्षित छ,’ डा लेनक्स भन्छन् ।

तपाईँको शरीरमा कुनै उपकरण प्रत्यारोपण गरिएको छ अथवा छैन, इलेक्ट्रिक कारले यति थोरै रेडियसन छोड्छन् कि त्यसबाट शरीरलाई कुनै नकारात्मक असर पुर्‍याउँदैनन् । कम्तिमा छोटो अन्तरालमा त पक्कै पनि हुँदैन ।

‘निम्न तथा मध्यम आवृत्तिमा हुने अन्तर तीव्र असर बाहेक लामो अवधि तथा सम्भावित दीर्घकालीन प्रभावको विषयलाई लिएर बहस जारी छ । खासगरी निम्न आवृत्तिमा सबैभन्दा बढी बच्चाहरूमा हुने ल्युकेनियामाको विषयमा,’ वैज्ञानिक ड्रिसन भन्छिन् ।

निकै कम आवृत्तिको चुम्बकीय चुम्बकीय क्षेत्र भएका इलेक्ट्रिक कारमा, खासगरी ती जब हाई भोल्टेज पावर लाइनको मुनी हुन्छन्, त्यसबाट बालबालिकामा क्यान्सर हुने खतरा रहन्छ । तर इलेक्ट्रिक कारको मामिलामा यस्ता शोधको प्रासंगिकता एकदमै कम छ ।

‘यी नतिजालाई इलेक्ट्रिक कारमा लागू गर्न मुस्किल छ किन कि बालबालिकामा हुने ल्युकेनियामाथि भएका शोधमा लगातार सम्पर्कमा हुँदा वा कमसेकम लामो समयसम्म इलेक्ट्रो म्याग्नेटिक क्षेत्रको सम्पर्कमा रहँदा यो रोग हुने गर्दछ,’ उनी भन्छिन् ।

डे गेस्वेन्टर इलेक्ट्रो म्याग्नेटिक फिल्डको सम्भावित साइड इफेक्टमाथि वर्षौँदेखि शोध गरिरहेका छन् । उनको बुझाईमा अझै पनि यससँग सम्बन्धित स्पष्ट जवाफका लागि पर्याप्त शोध भइसकेको छैन ।

‘यो तथ्य निगरानी गर्ने शोधहरूबाट आएको हो । प्रयोगमा यिनको पुष्टि भएको छैन । त्यसैले इलेक्ट्रो म्याग्नेटिक फिल्डबाट स्वास्थ्यमा पर्ने असरको कुरा अहिलेसम्म सावित भइसकेको छैन । हालांकी हामी निश्चिन्त भएर यसलाई खारेज पनि गर्न सक्दैनौँ । त्यसैले हामी यस क्षेत्रको क्षमतामाथि नजर राख्न सिफारिस गर्छौँ,’ उनी भन्छन् । 

जुन विद्युतीय कार परीक्षण गरिएका छन्, ती चुम्बकीय क्षेत्रका लागि तय गरिएको युरोपियन युनियनको सीमाभन्दा निकै कम छन् । यो पहिलो स्पष्ट सङ्केत हो । तर नयाँ प्रविधि सबैका लागि सुरक्षित छ वा छैन, त्यो थाहा पाउनका लागि अझ थप अनुसन्धान हुन जरुरी छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२