close

नास्टले तयार पारेको इलेक्ट्रिक स्कुटर आज उद्घाटन हुँदै

टेकपाना टेकपाना

बैशाख ८, २०७९ ८:१६

नास्टले तयार पारेको इलेक्ट्रिक स्कुटर आज उद्घाटन हुँदै

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले तयार पारेको इलेक्ट्रिक स्कुटर आज उद्घाटन हुने भएको छ ।

आज ऊर्जामन्त्री पम्फा भुसाल र शिक्षामन्त्री देवेन्द्र पौडेल लगायतले संयुक्त रुपमा स्कुटरकाे उद्घाटन गर्ने कार्यक्रम छ ।

लुम्बिनी प्रदेशमा इलेक्ट्रिक स्कुटरको व्यवसायिक उत्पादनको सम्भाव्यता अध्ययन गर्ने उद्देश्यका साथ यो परियोजना अघि बढाइएको हाे, जसमा सम्भाव्यता अध्ययनका साथै एउटा इलेक्ट्रिक स्कुरको प्रोटोटाइप निर्माण गर्नेगरी नास्ट र लुम्बिनी प्रदेश सरकारबीच केही समयअघि सम्झौता भएको थियो ।

नास्टका अनुसार एकपटककाे चार्जमा यो किलोमिटर ५० किलोमिटरसम्म गुड्नसक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२