close

मूल्य बढ्दा पनि रोकिएन टेस्लाको व्यापार, तीन महिनामै कमायो ४ खर्ब नाफा

टेकपाना टेकपाना

बैशाख ८, २०७९ १३:३२

मूल्य बढ्दा पनि रोकिएन टेस्लाको व्यापार, तीन महिनामै कमायो ४ खर्ब नाफा

काठमाडौं । कार उत्पादनमा लागत बढ्दा पनि टेस्लाले सन् २०२२ को पहिलो त्रैमासिकमा नाफा बढाउन सफल भएको छ । कम्पीनले पहिलो त्रैमासमा झन्डै ३.३ अर्ब अमेरिकी डलर (चार खर्ब रूपैयाँ बढी) नाफा कमाएको छ, जुन अघिल्ले वर्षको सोही अवधिको तुलनामा बढी हो ।

कम्पनीले पछिल्लो समय लागत बढेको भन्दै कारको मूल्य बढाउने निर्णय गरेको थियो । उक्त निर्णयका बावजुद कार बिक्रीमा कुनै कमी आएको छैन ।

उल्टै कम्पनीको कार बजारमा माग अनुसार पुग्न सकेको छैन । कोभिड-१९ का कारण चीनको सांघाईमा रहेको प्रडक्सन हाउस बन्द नै भएकाे थियाे ।

तर, पछिल्लो समय सबै प्रोडक्सन हाउसमार्फत उत्पादन भइरहँदा पनि बजारको माग धान्नसक्ने अवस्था नरहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सन् २०२२ को पहिलो चार महिनामा मात्रै तीन लाख १० हजार कार बिक्री भइसकेकाे छ । यो वर्षको अन्त्यसम्म अघिल्लो वर्षको तुलनामा ६० प्रतिशतले माग बढ्ने देखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२