close

तपाईँसँग भएको फोनमा यसरी सजिलै राख्न सकिन्छ वायरलेस चार्जिङ 

टेकपाना टेकपाना

बैशाख ९, २०७९ ९:५८

तपाईँसँग भएको फोनमा यसरी सजिलै राख्न सकिन्छ वायरलेस चार्जिङ 

काठमाडौं । तपाईँलाई त्यस्तो नलाग्न सक्छ, तर वायरलेस चार्जिङ प्रविधि वास्तवमा निकै पुरानो प्रविधि हो । यो प्रविधि दाँत माझ्नका लागि बनाइएका इलेक्ट्रिक ब्रशमा यो प्रविधि सन् १९९० कै दशकदेखि प्रयोग हुँदै आएको छ र सन् २००० को अन्त्य तिर पहिलो पटक यो प्रविधि फोनमा समावेश गरिएको थियो ।

आज हामी तपाईँलाई कुनै पनि फोनमा यो प्रविधि कसरी थप्न सकिन्छ भन्ने बारेमा बताउँदै छौँ । ऊर्जा ट्रान्सफरका लागि वायरलेस चार्जहरूले म्याग्नेटिक इन्डक्सन प्रयोग गर्दछन् ।

यसका लागि सुरुमा वायरलेस चार्जरभित्र रहेको क्वाइल र फोनमा रहेको क्वाइलबीच म्याग्नेटिक फिल्ड अर्थात चुम्बकीय क्षेत्र तयार पारिन्छ । यस्तो म्याग्नेटिक इनर्जी अर्थात् चुम्बकीय ऊर्जा इलेक्ट्रिकल अर्थात विद्युतीय ऊर्जामा रूपान्तरण हुन्छ, जसबाट ब्याट्री चार्ज हुने गर्छ । 

फोनमा वायरलेस चार्जिङ राख्नका लागि क्वाइलले मुख्य भूमिका खेल्छन् । वायरलेस चार्जिङ क्वाइल निकै पातला र साना हुने गर्छन् । जसले फोनमा त्यति धेरै स्थान समेत ओगट्दैनन् ।

कुनै कुनै अवस्थामा तपाईँले केस अर्थात कभर झिकेर आफैँ त्यस्ता क्वाइलहरू राख्न सक्नुहुन्छ । जुन एकदमै सामान्य तरिका हो । यसका लागि हामीलाई त्यस्ता वायरलेस चार्जिङ क्वाइलहरू आफूसँग रहेको फोनमा राख्नुपर्ने हुन्छ ।

यसक्रममा तपाईँसँग भएको फोनमा यूएसबी-सी, लाइटनिङ वा माइक्रो-यूएसबी कस्तो किसिमको चार्जिङ पोर्ट छ भन्ने कुरा चाहिँ विचार गर्नुपर्ने हुन्छ । पक्कै पनि यी मध्ये तपाईँको फोनमा कुनै एउटा त अवश्य होला ।

अनलाइनमा ‘वायरलेस चार्जिङ एडप्टर’ का थुप्रै विकल्प पाउन सकिन्छ । ती सामान्य तवरमा वायरलेस चार्जिङ क्वाइललाई एउटा सानो केबलसँग कनेक्ट गराइएको हुन्छ, जुन तपाईँको फोनमा प्लग इन गर्नुपर्ने हुन्छ ।

प्रायजसो यस्तो क्वाइल भएको भाग तपाईँको फोनको पछाडिपट्टि टाँस्नुपर्ने हुन्छ । जुन फोन कभरभित्र सहजै लुक्न सक्छ । यूएसबी-सी चार्जिङ पोर्टका लागि निक्की क्यूआई रिसिभर लोकप्रिय छ ।

जुन चाहिँ ‘लङ्ग भर्सन’ अथवा ‘शर्ट भर्सन’मा आउँछ, त्यसलाई आफ्नो फोनको आकारमा चयन गर्न सकिन्छ । यो एडप्टर वाटर-रेसिस्टेन्ट अर्थात पानी नपस्ने हुन्छ ।

त्यसैले यदि तपाईँको फोन पनि वाटर रेसिस्टेन्ट हो भने यसको फाइदा पनि लिन सक्नुहुन्छ । यसैगरी निलकिनले समेत लाइटनिङ केबलको साथमा आईफोन र आईप्याडका लागि त्यस्तै किसिमको एडप्टर उपलब्ध गराउँछ ।

जब कि त्यसमा वायरलेस चार्जिङ नै हुँदैन । यूएसबी-सी भर्सनमा जस्तै यसलाई तपाईँको मोबाइल सुहाउँदा थुप्रै आकारमा पाउन सक्नुहुन्छ । माइक्रो-यूएसबी भने स्मार्टफोन र ट्याब्लेटबाट हराउन थालिसकेको छ ।

यद्यपि तपाईँसँग त्यस्तो कुनै पुरानो मोबाइल वा ट्याब्लेट छ भने पनि त्यसमा वायरलेस चार्जिङ राख्न सक्नुहुन्छ । निलकिनले माइक्रो-यूएसबीका लागि पनि त्यस्तै किसिमका एडप्टर ल्याउने गरेको छ ।

तर आफ्नो डिभाइसमा भएको पोर्टलाई भने ध्यान दिन नबिर्सिनुहोला । अनलाइनमा पाउन सकिने अनेकौँ विकल्पहरू मध्ये यी केही हुन् ।

सामान्य तवरले आफ्नो फोनमा भएको चार्जिङ पोर्टको नाम सहित ‘वायरलेस चार्जिङ एडप्टर’ (Wireless Charging Adapter) राखेर अमेजन वा अन्य कुनै ई-कमर्समा सर्च गर्नु भयो भने अनेकौँ विकल्प फेला पार्न सक्नुहुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२