close

जरिवानामा परेपछि कुकिजका लागि ‘रिजेक्ट अल अप्सन’ ल्याउँदै गुगल 

टेकपाना टेकपाना

बैशाख ९, २०७९ ११:२०

जरिवानामा परेपछि कुकिजका लागि ‘रिजेक्ट अल अप्सन’ ल्याउँदै गुगल 

काठमाडौं । विद्यमान ‘डाइलग बक्स’ फिचर युरोपियन युनियनको डेटा सम्बन्धी कानून विपरित देखिए पछि गुगलले प्रयोगकर्ताको ट्रयाकिङ गर्ने कुकिज ‘रिजेक्ट’ अर्थात खारेज गर्ने नयाँ अप्सन ल्याउने भएको छ । यो वर्षको सुरुवातमा फ्रान्सको डेटा संरक्षण सम्बन्धी निकाय सीएनआईएलले कुकिज ब्यानरमा दुविधा जनक भाषा प्रयोग गरेको भन्दै गुगललाई १५ करोड यूरो जरिवाना गरेको थियो ।

त्यसअघि गुगलले प्रयोगकर्तालाई एउटै क्लिकमा ट्रयाकिङ कुकिज स्वीकार गर्ने अनुमति दिँदै आएको थियो । तर ती सबैलाई अस्वीकार गर्नका लागि विभिन्न मेनुमा जानुपर्ने बाध्यता सिर्जना गरिएको थियो । यस किसिमको विषमता कानून विपरित भएको सीएनआईएलले बताएको थियो । प्रयोगकर्तालाई कुकिज स्वीकार गर्नेतर्फ मोड्ने गुगलको यस किसिमको कार्यमा अन्ततः उसको विज्ञापन व्यवसायलाई फाइदा पुर्‍याउने ध्येय रहेको थियो ।

अब यसको उपायको रुपमा गुगलको नयाँ कुकिज ब्यानरले स्पष्ट र सन्तुलित छनौटको विकल्प दिनेछः ‘रिजेक्ट अल’, ‘एसेप्ट अल’ अथवा ‘मोर अप्सन्स’ । प्रयोगकर्ताले आफ्नो अकाउन्ट लगईन नगरेको अवस्थामा गुगल सर्च र युट्युबमा यो नयाँ मेनु देखा पर्नेछ । यदि तपाईँले साइन्ड इन गर्नु भएको छ भने गुगलको डेटा एन्ड प्राइभेसी मेनुमा गएर ट्रयाकिङ विकल्पलाई व्यवस्थापन गर्न सक्नुहुनेछ । यद्यपि यस किसिमको विकल्प सुरुवाती तवरमा युरोप क्षेत्रमा मात्रै उपलब्ध हुनेछ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२