close

सामसङ ए२३ को मूल्य घट्यो

टेकपाना टेकपाना

बैशाख ९, २०७९ १५:१०

सामसङ ए२३ को मूल्य घट्यो

काठमाडौं । सामसङले ए सिरिज अन्तर्गतको ग्यालेक्सी ए२३ को मूल्य घटाएको छ । कम्पनीले नयाँ वर्षको अवसरलाई लक्षित गर्दै ए२३ को मूल्य दुई हजारले घटाइएको हो । यो सँगै ग्यालेक्सी ए२३ (६ जिबी र्‍याम र १२८ जिबि रोम) को नयाँ मूल्य २९ हजार ९ सय ९९ कायम भएको छ ।

त्यस्तै ४ जिबी/६४ जिबी भेरियन्टको मूल्य २५ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । सामसङ ग्यालेक्सी ए२३ मा  स्न्यापड्रागन ६८० प्रोसेसर रहेको छ । एण्ड्रोइड १२ र वान् युआई ४.१ मा आधारित फोनमा ६.६ इन्चको फुल एचडी डिस्प्ले रहेको छ ।

वाटरड्रप नच डिस्प्ले युक्त फोनमा ४ ओटा क्यामरा रहेका छन् । जसमा ५० मेगापिक्सलको मुख्य सेन्सर, ५ मेगापिक्सलको अल्ट्रा वाइड सूटर, एउटा २ मेगापिक्सलको डेप्थ सेन्सर र एउटा २ मेगा पिक्सलको म्याक्रो क्यामेरा रहेको छ ।

फोनमा ५ हजार एमएएच क्षमताको ब्याट्री रहेको छ । साथै फास्ट चार्जिङका लागि फोनले २५ वाट सम्म सपोर्ट गर्ने जनाइएको छ । तर, फोन खरिद गर्दा बक्समा भने १५ वाटको एडप्टर प्राप्त हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२