close

नेपाली बजारमा सामसङ ग्यालेक्सी ए सिरिजका तीन फोन सार्वजनिक

टेकपाना टेकपाना

बैशाख ९, २०७९ १९:०

नेपाली बजारमा सामसङ ग्यालेक्सी ए सिरिजका तीन फोन सार्वजनिक

काठमाडौं । विश्व बजारमा सार्वजनिक भए लगत्तै सामसङले नेपाली बजारको लागि पनि ‘ए’ सिरिजका तीनवटा फोन सार्वजनिक गरेको छ । आज एक औपचारिक कार्यक्रम आयोजना गर्दै कम्पनीले आधिकारिक रूपमा नेपालमा ए सिरिजका ग्यालेक्सी ए ३३, ए ५३ र ए ७३ फोन सार्वजनिक गरेको हो । 

सामसङ ग्यालेक्सी ए ७३ फाइभजी 

सामसङ ग्यालेक्सी ए ७३ फाइभजी फोन अन्य दुईको तुलनामा केही आकर्षक फिचर भएको फोन हो । फोनमा १२० हर्ज रिफ्रेसरेट सहितको ६.७ इन्चको डिस्प्ले उपलब्ध छ । यो फोन ८ जीबी र्‍याम र २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध छ ।

यसमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा सहित १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा, ५ मेगापिक्सेलको डेप्थ सेन्सर र ५ मेगापिक्सेलकै म्याक्रो क्यामेरा छ । त्यस्तै सेल्फी पारखीका लागि भने ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा उपलब्ध छ । ५,००० एमएएच ब्याट्री भएको यो फोनको मूल्य नेपाली बजारमा ७२ हजार ९९९ रुपैयाँ तोकिएको छ । 

सामसङ ग्यालेक्सी ए ५३ फाइभजी 

सामसङ ग्यालेक्सी ए ५३ फाइभजी फोन १२० हर्जको रिफ्रेसरेट सहित ६.५ इन्चको सुपर एमोलेड डिस्प्ले भएको फोन हो । यो फोनमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा सहित १२ जीबीको अल्ट्रावाइड क्यामेरा, ५/५ मेगापिक्सेलको डेप्थ सेन्सर, म्याक्रो क्यामेरा र ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा उपलब्ध छ ।

८ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको यो फोनमा ५,००० एमएएचको ब्याट्री छ । नेपाली बजारमा यो फोनको मूल्य ५५ हजार ९९९ रुपैयाँ तोकिएको छ । 

सामसङ ग्यालेक्सी ए ३३ फाइभजी 

सामसङ ग्यालेक्सी ए ३३ फाइभजी फोनमा ९० हर्जको रिफ्रेसरेट सहित ६.४ इन्चको क्यामेरा उपलब्ध छ । यसमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा सहित ४ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा, २ मेगापिक्सेलको डेप्थ सेन्सर र ५ मेगापिक्सेलको म्याक्रो क्यामेरा छ ।

साथै सेल्फीको लागि यो फोनमा १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा पनि छ । ८ जिबी र्‍याम र १२८ जिबी इन्टर्नल स्टोरेज भएको यस फोनको ब्याट्री क्षमता ५००० एमएएचको रहेको छ । नेपाली बजारमा यो फोनको मूल्य ४६ हजार ९९९ रुपैयाँ छ । 

सामसङले ग्राहकको सहजताको लागि यो नयाँ फोनमा एक्सचेन्ज अफर पनि घोषणा गरेको छ । नेपालमा रहेका सामसङका आधिकारिक बिक्रेतामार्फत प्रयोगकर्ताले पुराना सिरिजका फोन साटेर नयाँ सिरिजका फोन खरिद गर्न सक्नेछन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२