close

ट्वीटर किन्न एलन मस्कले ठीक पारे ५७ खर्ब

टेकपाना टेकपाना

बैशाख १०, २०७९ १०:३८

ट्वीटर किन्न एलन मस्कले ठीक पारे ५७ खर्ब

काठमाडौं । एलन मस्कले ट्वीटर खरिद गर्न आफूले ४६.५ अर्ब डलर (५६ खर्ब ९४ अर्ब रुपैयाँ) तयार गरेर राखेको बताएका छन् ।

ट्वीटरको बोर्डलाई दबाब दिने हिसाबले उनले कम्पनी खरिद गर्ने रकम सार्वजनिक रुपमा बताउँदै आएका छन् । गत हप्ता ट्वीटर खरिद गर्न उनले बोर्डलाई ४३ अर्ब डलरको अफर दिएका थिए ।

ट्वीटरले भने अहिलेसम्म उनको यो अफरमा कुनै प्रतिक्रिया दिएको छैन । एक विज्ञप्ति जारी गर्दै कम्पनीले मस्कको अपडेटेड प्रस्ताव प्राप्त भएको र उक्त प्रस्तावमा विस्तृत समिक्षा गर्ने बताएको छ ।

ट्वीटरमा भएको स्वतन्त्र अभिव्यक्तिको कमीलाई मध्यनजर गर्दै ट्वीटरले कम्पनीको कन्टेन्ट मोडेरेसन विचारमा खुला रूपमा पारदर्शिता बढाउनुपर्ने धारणा व्यक्त गर्दै ट्वीटर खरिद गर्ने इच्छा व्यक्त गरेका छन् ।

यदि कम्पनी खरिद गर्न नसककेको खण्डमा आफू वैकल्पिक योजनासहित तयारी अवस्था रहेको भन्दै उनले बोर्डलाई कम्पनी बिक्रीको लागि दबाब दिइरहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२