close

आज पीएमपीएलको ग्रान्ड फिनाले, नेपाली पब्जी टिमले जित्ला त उपाधि ?

टेकपाना टेकपाना

बैशाख ११, २०७९ १३:२२

आज पीएमपीएलको ग्रान्ड फिनाले, नेपाली पब्जी टिमले जित्ला त उपाधि ?

काठमाडौं । पीएमपीएल साउथ एसिया २०२२ को अन्तिम ग्रान्ड फिनाले आज हुँदैछ । ग्रान्ड फिनालेका लागि उत्कृष्ट ८ टोलीमा नेपालका ट्रेन्ड टु किल, डेडआइज गाइज, ज्यानमारा ईस्पोर्टस, स्काइलाइट्ज गेमिङ र हाई भोल्टेज रहेका छन् ।

यी बाहेक उत्कृष्ट १६ मा रहेर ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गर्ने नेपाली टिमहरू रअ ईस्पोर्टस, डीआरएस गेमिङ, भाइब्स ईस्पोर्टस र इलिमेन्ट्रिक्स पनि प्रतिस्पर्धामा छन् ।

ग्रान्ड फिनालेको दोस्रो खेलमा नेपाली टोली ट्रेन्ड टु किल १५० पोइन्टसहित दोस्रो स्थानमा पुगेको छ ।

आजको खेलमा राम्रो प्रदर्शन गरेको खण्डमा यो पटकको पीएमपीएल साउथ एसिया २०२२ को स्प्रिङ सिजनको उपाधि नेपाली टिमको हातमा पर्नसक्छ ।

ग्रान्ड फिनालेको दोस्रो खेलमा १६५ पोइन्ट सहित मंगोलिया टिम आईएचसी ईस्पोर्टस पहिलो स्थानमा छ । फाइनलको खेल आज साँझ ५:३० देखि सुरु हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२