close

पर्स घरमै बिर्सनुभयो ? एप्पलले दिनेछ ५ हजार डलरसम्म ऋण

टेकपाना टेकपाना

बैशाख ११, २०७९ १७:२४

पर्स घरमै बिर्सनुभयो ? एप्पलले दिनेछ ५ हजार डलरसम्म ऋण

काठमाडौं । एकजना व्यक्ति सुपरमार्केट जान्छन् । त्यहाँ गएर उनले एउटा चकलेट खरिद गर्छन्, तर काउन्टरमा पुगेर पैसा तिर्नेबेला आफ्नो पर्स घरमा भुलेकाे थाहा पाउँछन् ।

कपडा छामछुम गर्छन् पैसा भेट्दैनन् । त्यहाँका मानिसहरू उनलाई नै घुरेर हेर्न थाल्छन् हुन्छन् ।

यही बीचमा उनले आफ्नो आईफोन निकाल्छन् र एप्पल पे मार्फत ‘एप्पल कार्ड’ का लागि आवेदन दिन्छन् र तत्काल उनको एप्पल पेको अकाउन्टमा क्रेडिट रकम आउँछ ।

अनि उनले आफ्नो पैसा तिर्छन् र बाहिर निस्कन्छन् ।

यो एप्पलको नयाँ विज्ञापन हो ।

एप्पलको वालेट ‘एप्पल पे’ का प्रयोगकर्ताको लागि कम्पनीले कर्जा लिनसक्ने नयाँ व्यवस्था ल्याएको हो ।

यो व्यवस्था अनुसार प्रयोगकर्ताले ५००० डलरसम्मको कर्जा एप्पल पेमा लिन सक्छन् । एप्पल पेको क्रेडिट कार्ड मार्फत यो कर्जा लिन सकिने व्यवस्था गरिएको हो ।

यद्यपि नेपालमा एप्पल पे नचल्ने हुँदा नेपालका एप्पल प्रयोगकर्ता याे सुविधाबाट वञ्चित हुनेछन् ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२