close

पत्रकारले सामाजिक सञ्जालमा जथाभावी गर्दा आचारसंहिता उलङ्घन भयोः काउन्सिल

टेकपाना टेकपाना

बैशाख १२, २०७९ ७:५८

पत्रकारले सामाजिक सञ्जालमा जथाभावी गर्दा आचारसंहिता उलङ्घन भयोः काउन्सिल

काठमाडौं । प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमा पत्रकारले जथाभावी गर्दा निर्वाचन तथा पत्रकार आचारसंहिता उलङ्घन भएकाे भन्दै सतर्क गराएकाे छ ।

स्थानीय निर्वाचन, २०७९ का लागि निर्वाचन आचारसंहिता लागू भएसँगै सामाजिक सञ्जालमा आचारसंहिता उलङ्घन घटना बढेको काउन्सिलको भनाइ छ ।

पत्रकारले सामाजिक सञ्जालमा पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन, २०७६) को दफा १४ मा पत्रकार एवम् सञ्चारमाध्यमले प्रयोग गर्ने सामाजिक सञ्जालमा प्रवाह भएका सामग्रीको प्रवृत्तिगत अध्ययन गर्ने व्यवस्था रहेको छ ।

त्यस्तै निर्वाचन आचारसंहिता, २०७८ को दफा २२ (च) मा ‘कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक, मेसेन्जर, ट्वीटर, भाइबर, युट्युब, इन्स्टाग्राम जस्ता विद्युतीय माध्यम प्रयोग गरी कुनै सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा सेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुनेु भन्ने व्यवस्था रहेको छ ।

यसै प्रसङ्गमा पत्रकार र सञ्चारमाध्यमका हालसम्म १०५ वटा स्टाटस अध्ययन गर्दा पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता उलङ्घन हुने गरी धेरैजसो पत्रकारले कुनै राजनीतिक दलको खुला समर्थन र कुनैको विरोध गर्ने गरेको तथा कुनै दल विशेषको चुनाव चिन्हमा मतदान गर्न आव्हानसमेत गर्ने गरेको पाइएको काउन्सिलले जनाएकाे छ ।

‘कतिपय अग्रज पत्रकारले समेत यस्ता अभिव्यक्ति पाइएकाले पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिताप्रति ध्यान दिन ध्यानकर्षण गराइन्छ,’ काउन्सिलले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२