close

साइबर सेक्युरिटी सेन्टर बनाउँदै सरकार, छानियो परामर्शदाता कम्पनी

टेकपाना टेकपाना

बैशाख १२, २०७९ १३:४९

साइबर सेक्युरिटी सेन्टर बनाउँदै सरकार, छानियो परामर्शदाता कम्पनी

काठमाडौं । सरकारले राष्ट्रिय साइबर सुरक्षा मनिटरिङ तथा अपरेसन सेन्टरको सञ्चालन तथा व्यवस्थापनका लागि परामर्शदाता नियुक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहको यस सेन्टरको सिस्टम सञ्चालन तथा व्यवस्थापनका लागि परामर्शदाता कम्पनी नियुक्त गरेको हो ।

यसअघि परामर्शदाता नियुक्तिको लागि मन्त्रालयले विभिन्न चरणमा आशयपत्र माग गरेको थियो । पहिलो र दोस्रो चरणमा माग अनुसारको कम्पनी नआउँदा रोकिएको प्रक्रिया अन्ततः तेस्रो चरणमा भने सफल भएको हो ।

मन्त्रालयले तेस्रो पटक माग गरको आशयपत्रका आधारमा नेपाली कम्पनी योङ माइन्ड क्रियशन प्रालि र इमिनेन्स वेजको ज्वाइन्ट भेन्चर कम्पनी छनोट भएको हो । त्यसैका आधारमा आइतबार केन्द्र र कम्पनीबिच सम्झौता भएको छ ।

सम्झौतामा योङ माइन्ड्सका कार्यकारी निर्देशक तथा प्रोजेक्ट प्रमुख अभिजित गुप्ताले हस्ताक्षर गरेका छन् । यो सम्झौपछि राष्ट्रिय साइबर सुरक्षा मनिटरिङ तथा अपरेसन सेन्टरमा रहेको सिस्टमको मनिटरिङ तथा व्यस्थापन गरिने गुप्ताले जनाए ।

यसका साथै सेक्युरिटी इन्फरमेशन तथा इभेन्ट म्यानेजमेन्टमा देखिएको कमजोरी, चुनौती र जोखिम न्यूनीकरणको कामसमेत गर्नेछ ।

त्यतिमात्रै नभएर उक्त सिस्टमको प्राविधि प्रतिवेदन तथा साइबर आक्रमणका घटनाहरुको आधिकारिक पेपर तथा कागजात संकलन गरी त्यसलाई इन्फरमेशन टेक्नोलोजी इमर्जेन्सी रेस्पोन्स टिम (आईटीईआरटी) लाई बुझाउने छ ।

कम्पनीले हाल सेन्टरमा रहेको मनिटरिङ सिस्टममा सेक्युरिटी आर्केस्टेशन, अटोमेशन तथा रिस्पोन्स (एसओएआर) समेत सञ्चालनमा ल्याउने जनाइएको छ ।

यसका साथै सिस्टम सञ्चालनका लागि कार्यविधि तथा नीतिको मस्यौदा तयार गर्ने देखिको काम परामर्शदाता कम्पनीले गर्ने जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२