close

के सबै इलेक्ट्रिक स्कुटरमा नम्बर प्लेट अनिवार्य छ ?

टेकपाना टेकपाना

बैशाख १२, २०७९ १४:४१

के सबै इलेक्ट्रिक स्कुटरमा नम्बर प्लेट अनिवार्य छ ?

काठमाडौं । पछिल्लो समयमा नेपालमा विद्युतीय स्कुटरको माग र प्रयोग बढेको छ । तर अझै पनि विद्युतीय स्कुटरको विषयलाई लिएर धेरै दुविधा भने छन् ।

एउटा मुख्य दुविधा विद्युतीय स्कुटरमा नम्बर प्लेट आवश्यक छ वा छैन भन्ने पनि रहेको छ । सडकमा गुड्ने केही विद्युतीय स्कुटरहरूमा अन्य सवारीको जस्तै नम्बर प्लेट देख्न सकिन्छ भने केहीमा नम्बर प्लेट हुँदैन ।

नेपालको कानून अनुसार यातायात व्यवस्था विभागमा दर्ता भएर आयात हुने सबै प्रकारका सवारीमा नम्बर प्लेट अनिवार्य छ । विद्युतीय साइकल बाहेक अन्य सबै विद्युतीय सवारीले नम्बर प्लेट अनिवार्य रुपमा राख्नुपर्ने बागमती प्रदेश अन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी राजन पोखरेल बताउँछन् ।

‘३५० किलोवाटभन्दा माथिको क्षमता भएको सम्पूर्ण विद्युतीय सवारीको हकमा इन्धन सवारीसरह नै नियम बनाइएको छ । त्यसैले ३५० किलोवाटभन्दा कम क्षमता बाहेकका सबै प्रकारको विद्युतीय सवारीले नम्बर प्लेट अन्य सवारीको जस्तैगरी लिनुपर्छ,’ पोखरेलले भने ।

३५० किलोवाट भन्दा साना विद्युतीय सवारीहरू साइकलजस्तै हुनेहुदाँ यसमा नम्बर प्लेट अनिवार्य नगरिएको उनको भनाइ छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२