close

विद्युतीय बन्दै नेपाली सेनाको भान्सा र गाडी 

टेकपाना टेकपाना

बैशाख १२, २०७९ १६:१४

विद्युतीय बन्दै नेपाली सेनाको भान्सा र गाडी 

काठमाडौं । नेपाली सेनाले देशभर रहेकाे आफ्नो व्यारेकको भान्सामा विद्युतीय चुल्हो प्रयाेग गर्ने योजना अघि सारेको छ । यस्तै, सेनाले हाल प्रयाेग गरिरहेका पेट्रोल/डिजेल सवारीलाई समेत विद्युतीय सवारीमा बदल्ने योजना रहेकाे प्रधान सेनापति प्रभुराम शर्माले बताएका छन् । 

प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको भान्सा विद्युतिकरणतर्फ अगाडि बढेको र आगामी दिनमा त्यसलाई पूर्णरूपमा लागू गर्दै लैजाने बताएका हुन् । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग सोमबार भएको भेटवार्तामा उनले यस्तो जानकारी दिएका हुन् । 

नेपाली सेनाले खाना पकाउनका लागि ठूलो स्टिमरको प्रयोग गर्न सुरु गरेको र आगामी दिनमा सबै ब्यारेकमा विद्युतीय चुल्हो प्रयोग गर्दै लैजाने योजना रहेको प्रधान सेनापति शर्माले जानकारी दिए । त्यस्तै नेपाली सेनाले प्रयोग गर्दै आएको पेट्रोलियम सवारी साधनलाई विद्युतीय बनाउने काम सुरु गरिसकेको समेत उनले बताएका छन् ।

वातारण संरक्षण र देशको अर्थतन्त्र प्रवद्र्धन गर्नका लागि विद्युत खपत बढाउनुपर्ने आफ्नो स्पष्ट धारणा रहेको बताउँदै शर्माले नीतिगत रूपमै सरकारले निर्णय गरे नेपाली सेनाले पनि जलविद्युत विकासमा पनि लगानी गर्न सक्ने धारणा व्यक्त गरेको ऊर्जा मन्त्रीको सचिवालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२