close

स्मार्ट लाइसेन्सका लागि आवेदकले बायोमेट्रिक दर्ताको मिति परिवर्तन गर्न पाउने

टेकपाना टेकपाना

बैशाख १२, २०७९ १७:१४

स्मार्ट लाइसेन्सका लागि आवेदकले बायोमेट्रिक दर्ताको मिति परिवर्तन गर्न पाउने

काठमाडौं । यातायात व्यवस्था कार्यालय, जगातीले सवारीचालक अनुमितपत्र (ड्राइभिङ लाइसेन्स) का लागि आवेदन दिएका सेवाग्राहीलाई बायोमेट्रिक दर्ता गर्न कार्यालय आउन आह्वन गरेको छ ।

अनलाइन प्रणालीमार्फत आवेदन दिएका सेवाग्राहीको बायोमेट्रिक दिने पालो दुई वर्ष पछाडिसम्म सरेपछि हाल देशैभरका यातायात कार्यालयले सेवाग्राहीलाई अगाडि नै बोलाएर प्रक्रिया छिटो सकाउने व्यवस्था गरिरहेका छन् ।

यही प्रक्रिया अनुरुप यातायात व्यवस्था कार्यालय जगातीले २०२२ को जुलाई ३१ तारिखसम्म अफिस भिजिटको मिति भएका सेवाग्राहीलाई बायोमेट्रिक दर्ता गर्न आग्रह गरेको छ ।

जुलाई ३१ तारिखसम्म अफिस भिजिटको समय पाएका सेवाग्राहीले जुन ३० तारिखसम्म कार्यालय गएर आफ्नो बायोमेट्रिक दर्ता गरी लिखित तथा ट्रायल परीक्षामा सहभागी हुन सक्नेछन् ।

स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि खुलाइएको अनलाइन आवेदन भर्ने सेवाग्राहीको कार्यालयमा उपस्थित हुने मिति धेरै पछाडि सरेपछि यातायात कार्यालयले त्यस्ता सबै आवेदकहरूको काम फास्ट ट्रयाकमा यही वैशाखभित्र सकाउने गरी व्यवस्थापन गरिरहेका छन् ।

No description available.

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२