close

पब्जीको दक्षिण एसियाली प्रतिस्पर्धामा यसपटक चुके नेपाली टिम

टेकपाना टेकपाना

बैशाख १२, २०७९ १७:४४

पब्जीको दक्षिण एसियाली प्रतिस्पर्धामा यसपटक चुके नेपाली टिम

काठमाडौं । पब्जी मोबाइलको दक्षिण एसियाली प्रतियोगिता पीएमपीएलको उपाधि मंगोलियन टिम स्टालवार्ट ईस्पोर्टसले जितेको छ ।

२० टिम सहभागी प्रतियोगितामा नेपालबाट ११ टिमले भाग लिएका थिए । जसमध्ये १० टोलीले अन्तिम चरणमा (ग्रान्ड फिनाले) मा प्रतिस्पर्धा गरेका थिए ।

तर यसपटक नेपाली टिम उपाधिविहीन बने । प्रतियोगितामा नेपाली टिम डेडआइज गाइजले दोस्रो स्थान सुरक्षित गरेको छ । डेडआइज गाइजले १८ गेममा ३ चिकेन डिनर र १०४ इलिमिनेसन सहित २१५ पोइन्ट प्राप्त गरेको थियो ।

पहिलो भएको पब्जी टिम स्टालवार्टले १८ गेममा ४ चिकेन डिनर र १०४ इलिमिनेसन सहित २३४ पोइन्ट प्राप्त गरेको छ । त्यस्तै टिटुके ईस्पोर्टस २१२ पोइन्टसहित तेस्रो र ज्यानमारा ईस्पोर्टस पाँचौं स्थानमा रहे ।

यसैगरी स्काइलाइट गेमिङ, डीआरएस गेमिङ, हाइ भोल्टेज, रअ ईस्पोर्टस, सेभेन सी ईस्पोर्टस, भाइब्स ईस्पोर्टस, इलेमेन्ट्रिक्स क्रमशः छैटौं, आठौं, नवौं, ११औं, १२औं र १४औं स्थानमा रहे ।

प्रतियोगिताको कूल पुरस्कार राशी एक लाख ५० हजार डलर रहेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२