close

बन्द हुन थाले हाइपर फन्ड र क्रिप्टोकरेन्सीका वेबसाइट, सूचना भए तुरुन्त खबर गर्न आग्रह

टेकपाना टेकपाना

बैशाख १२, २०७९ १८:१५

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी, हाइपर नेटवर्किङ, अनलाइन जुवासँग सम्बन्धित वेबसाइट र एप बन्द गर्न थालेकाे छ । त्यसका लागि प्राधिकरणले यससँग सम्बन्धित वेबसाइट तथा एपबारे सूचना भएमा खबर गर्न आग्रहसमेत गरेको छ ।

‘नेपालमा मौद्रिक उपकरणको रुपमा कानूनी मान्यता नदिइएको भर्चुअल करेन्सी र नेटवर्क मार्केटिङ लगायतका डिजिटल प्रविधिको प्रयोग गरी हुने कारोबार हालका दिनमा बढ्दै गएको छ’, प्राधिकरणले जारी गरेको सूचना उल्लेख छ ।

यसरी अनलाइन प्रविधिमार्फत हुने क्रिप्टोकरेन्सी, हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैरकानूनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, एपलगायतका भर्चुअल माध्यम नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध गर्ने तयारी भएको प्राधिकरणले जनाएको छ ।

त्यो हुँदा त्यस्ता वेबसाइट, एप वा अनलाइन सञ्जालको नाम वा सोसँग सम्बन्धित कुनै जानकारी भएमा खबर गर्न प्राधिकरणले आग्रह गरेको छ ।

प्राधिरकणले त्यस्ता जानकारी ईमेल ठेगानामा पठाउन समेत आग्रह गरेको छ ।

पछिल्लो अध्यावधिक: चैत १६, २०८० १७:१