close

फ्री फायर पारखीका लागि खुसीकाे खबर, नेपालमै पहिलाे पटक महत्वपूर्ण प्रतियाेगिता हुँदै

टेकपाना टेकपाना

बैशाख १२, २०७९ २२:५८

फ्री फायर पारखीका लागि खुसीकाे खबर, नेपालमै पहिलाे पटक महत्वपूर्ण प्रतियाेगिता हुँदै

काठमाडौं । गरिना फ्री फायरले नेपाललाई लक्षित गरेर पहिलो प्रतियाेगिता घोषणा गरेको छ । कम्पनीले आफ्नो आधिकारिक फेसबुक पेजमा पोस्ट गर्दै नेपाललाई लक्षित गरेर पहिलो फ्रि फायर टुर्नामेन्ट गर्न लागेकाे जानकारी दिएकाे छ ।

यस इन्भिटेस्ननल टुर्नामेन्टमा नेपालका केही सीमित आमन्त्रित टिमले मात्र खेल खेल्नेछन् ।

‘गरिनाले नेपाललाई नै लक्षित गरेर आयोजना गर्न लागेको यो पहिलो प्रतियाेगिता हो । यसमा अन्य टोलीहरू भन्दा पनि विशेष छनौट भएर आमन्त्रण गरिएका नेपाली टोलीले प्रतिस्पर्धा गर्नेछन्,’ नेपाल ईस्पोर्टस अशोसियनका अध्यक्ष सुरज डंगोलले टेकपानासँग भने ।

उनका अनुसार टोलीहरूको सूची भने अहिले नै सार्वजनिक भइसकेको छैन । यो प्रतियाेगितामार्फत गरिनाले नेपालमा आधिकारिक रुपमा पाइला राखेको उनले बताए ।

भारतमा फ्री फायर प्रतिबन्ध भएपछि कम्पनीले बङ्गलादेशमा सर्भर सारेको थियो । यो कदम नेपाली प्लेयरहरूको लागि भने सकारात्मक रहेको ढंगाेलकाे भनाइ छ ।

‘भारतमा फ्री फायरमाथि प्रतिबन्ध  लगाइएको छ भने बंगलादेशमा पनि कडाइ गरिएको छ । यसले गर्दा नेपाल गरिनाको लागि राम्रो गन्तव्य बनेको छ,’ उनले थपे ।

फ्री फायर नेपाल इन्भिटेस्नल टुर्नामेन्ट अप्रिल ३० देखि मे १ सम्म हुनेछ ।

‘फ्री फायरले नेपालका लागि भनेर टुर्नामेन्टहरु ल्याउँदा नेपाली खेलाडीहरुलाई आर्थिक रुपमा फाइदा त छँदैछ,’ डंगाेलले भने, ‘सँगै बङ्गलादेश र भारतबाट आफ्नो गेमिङ बजार गुमाउँदै गरेको फ्री फायरले नेपाललाई नयाँ बजारको रुपमा विस्तार गर्नसक्ने देखिन्छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२