close

तपाईंको नाममा क्रिप्टोकरेन्सी छ ? निधनपछि के होला ?

टेकपाना टेकपाना

बैशाख १३, २०७९ १५:२४

तपाईंको नाममा क्रिप्टोकरेन्सी छ ? निधनपछि के होला ?

काठमाडौं । छलफल गर्नका लागि मृत्यु पक्कै पनि रमाइलो वा आकर्षक शीर्षक होइन । तर, पनि कतिपय महत्वपूर्ण पक्षको बारेमा हुनसक्ने अवस्थालाई अनुमान गरी त्यसबारे छलफल गर्नु आवश्यक नै हुन्छ ।

विशेषगरी उत्तराधिकार योजनाका लागि मृत्युपश्चात् तपाईंकाे सबै सम्पत्ति के हुन्छ भन्ने कुराको कौतुहलता लाग्नु स्वभाविक नै हो ।

प्रायः घटनामा मृत्यु हुने व्यक्तिको भौतिक, आर्थिक वा अनलाइन सम्पत्ति स्वतः सो व्यक्तिको उत्तराधिकारीलाई जान्छ । नेपालमा क्रिप्टोकरेन्सी काराेबार प्रतिबन्धित छ । तर यसकाे डिजिटल लिगेसीबारे धेरैलाई रूचि हुनसक्छ ।

त्यसैले आज हामी नन-फन्जिबल टोकन (एनएफटी) वा क्रिप्टोकरेन्सीहरू व्यक्तिको मृत्युपश्चात् के हुन्छ भन्ने विषयमा चर्चा गर्छौं ।

चाहे त्यो घर होस् वा सुन, चाँदी नगद र जिन्सी सम्पत्ति नै किन नहोस् । त्यस्तो सम्पत्ति हकवालाको मृत्युपश्चात उनीहरूका उत्तराधिकारीको हुन्छ ।

कतिपय व्यक्तिले आफ्नो मृत्युपछि आफूसँग भएको सम्पत्ति कुनै संस्था अथवा देशको नाममा दान गर्ने सम्झौता पनि गरेका हुन्छन् ।

आज हामी मृत्युपश्चात डिजिटल सम्पत्ति के गर्न सकिन्छ होला भन्ने विषयमा चर्चा गर्छौं । क्रिप्टोकरेन्सी (जस्तै बिटक्वाइन) हुने मानिसहरूले आफ्नो प्राइभेट कीहरू (Keys) कसैलाई नदिँदा उनीहरूको मृत्युपश्चात् ती बिट्क्वाइन सधैंका लागि प्रचलनभन्दा बाहिर जान्छन् ।

त्यस्तै आजसम्म करिब ४० लाखजति बिटक्वाइन प्रचलनभन्दा बाहिर गइसकेका छन् । प्राइभेट की भनेको पासवर्ड जस्तै हो । यो कुनै अक्षर वा नम्बरहरूको संयोजन हो, जसको सहयोगले आफ्नो क्रिप्टो वालेटमा एक्सेस पाउन सकिन्छ ।

जहाँ तपाईंका क्रिप्टो क्वाइन र एनएफटी सुरक्षितका साथ भण्डारण भएका हुन्छन् । क्रिप्टो प्रयोगकर्ताको मृत्युपश्चात उनीहरूका परिवारले सो व्यक्तिको क्रिप्टो वालेटको प्राइभेट की थाहा पाउन नसकेका लाखौं घटनाले खर्बौं मूल्य बराबरका किप्टोकरेन्सीहरू सदाका लागि हराएका छन् ।

सन् २०१८ मा रिप्पल (आर्थिक कारोबारको एउटा यस्तो प्रविधि, जसले क्रिप्टोकरेन्सी र डिजिटल भुक्तानीको काम गर्छ) लगानिकर्ता माथ्यु मेल्लोन (Matthew Mellon) को मृत्यु भएपछि उनको एक खर्ब डलर बराबरको डिजिटल सम्पत्ति सदाका लागि हराएको थियो ।

त्यस्तै सन् २०१९ मा क्यानडा एक्सचेन्ज क्वाडरिगा सीएक्स (QuadrigaCX) का प्रमुख कार्यकारी अधिकृत गेराल्ड कटनको मृत्युहुँदा उनकाे क्रिप्टाे सदाका लागि हरायो । उनी विश्वका एक मात्र त्यस्ता व्यक्ति थिए, जोसँग १९० मिलियन मूल्य बराबरको इथेरियममा पहुँच थियो ।

यी माथिका दुईवटै सन्दर्भमा मृतकसँग मात्र उनीहरूको क्रिप्टो वालेटमा पहुँच थियो । उनीहरू बाहेक अन्यलाई जानकारी नहुँदा खर्बौं मूल्यका सम्पत्ति सधैँका लागि हराएर गए ।

क्रिप्टोकरेन्सीहरू ब्लकचेन प्रविधिद्वारा बनेका क्रिप्टो वालेटमा भण्डारण भएका हुन्छन् । यो यति सुरक्षित हुन्छ कि, तपाईंको प्राइभेट की अन्य व्यक्तिले ह्याक गर्ने कुरा सम्भव नै हुँदैन ।

यदि तपाईं स्वयम्‌ले प्राइभेट की बिर्सनु भयो भने कुनै पनि क्रिप्टो करेन्सीमा आफ्नो स्वामित्व दावी गर्न सक्नुहुन्न । यदि तपाईंसँग प्राइभेट की छैन भने तपाईंले गरेका सम्पूर्ण प्रयास बेर्थ हुनेछन् ।

यसबाट के बुझ्न सकिन्छ भने क्रिप्टोकरेन्सीमा सबैभन्दा ठूलो भूमिका प्राइभेट कीको हुन्छ । मृत्युको सन्दर्भमा मात्र नभई तपाईंले आफ्नो प्राइभेट की बिर्सेको खण्डमा तपाईं तपाईंको क्रिप्टोकरेन्सी सधैँका लागि हराएर जान्छ ।

सबैभन्दा पहिले तपाईं आफूले ढुक्कले विश्वास गर्नसक्ने मान्छे वा तपाईंको उत्तराधिकारीलाई प्राइभेट की दिन सक्नुहुन्छ । प्राइभेट की क्रिप्टो वालेटको निकै संवेदनशील र महत्वपूर्ण अंश भएकाले त्यसलाई सुरक्षित हुने सफ्टवेयरमा राख्न सक्नुहुन्छ ।

तपाईंले आफ्नो मृत्युपश्चात क्रिप्टोकरेन्सी यत्तिकै हराओस् भन्ने चाहनुहुन्छ भने केही गर्नु नै परेन । यसरी बुझ्नुहोस् यदि तपाईंले आफ्नो प्राइभेट की कसैलाई दिनुभएको छैन भने त्यो सधैँका लागि हराएर जान्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२